Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

अवरोध सिर्जना गर्ने जाेसुकै विरूद्ध सख्त कानुनी कारबाही हुन्छ- प्रधानमन्त्री ओली

User Photo
मङ्लबार, फाल्गुन ७, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति प्रतिबिम्बित भएको बताएका छन् । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने गतिविधि भइरहेको बताए ।

लिखित मन्तव्य वाचन गर्दैै प्रधानमन्त्री ओलीले राजनीतिक रङमा रङ्गिएका भए पनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास स्वीकार्य नहुने उल्लेख गरे ।

‘यस्ता गतिविधि गर्नेहरु विरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुन्छ, तिनिहरु विरुद्ध सख्त कानुनी कारबाही गर्छ’, कार्यक्रममा उनले भने ।

मौलिक विधि अपनाएर नेपालले द्वन्द्व व्यवस्थापन लगभग सम्पन्न गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले द्वन्द्व व्यवस्थापनको सन्दर्भमा आफ्ना समस्या आफैं हल गर्न सक्ने क्षमता प्रदर्शित भएको बताए ।

प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ध्येयका साथ आर्थिक तथा सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वयनमा केन्द्रित भएको बताए । आगामी चैतमा गर्न लागेको लगानी सम्मेलनमार्फत विकास अभियानमा स्वदेशी तथा विदेशी लगानीकर्तासँग सहकार्यको अपेक्षा गरिएको प्रधानमन्त्रीको भनाइ थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.