Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

सबै भन्दा पहिला दुर्घटना स्थल पुगेका पाइलट भन्छन- ‘मसँग तस्बिर खिच्नुको विकल्प थिएन’

User Photo
बिहिबार, फाल्गुन १६, २०७५

काठमाडौँ । बुधबार दिउँसो साढे एक बजे पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यले फोनबाट सिम्रिक एयरका कर्मचारीलाई गराएका रहेछन् । कर्मचारीले मलाई सुनाए ।

तत्कालै एयर डाइनेस्टीका कर्मचारीले ‘भिटु ट्याक’ मा जहाज हल्लिएको नदेखेपछि ताप्लेजुङ विमानस्थलको टावरमा खबर गरेका रहेछन् । टावरले सम्पर्कमा नभएको जानकारी दिइसकेको थियो । तत्कालै हेलिकप्टर लिएर घटनास्थल पुग्दा दुर्घटनाग्रस्त हेलिकप्टर जलेर नष्ट भइसकेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।

हेलिकप्टरमा सवार सबैको मृत्यु भएको थियो । धेरैको शव पनि आधाजसो जलिसकेको थियो । आगो निभिसकेको तर धुँवा भने उडिरहेको थियो । मसँग तस्बिर खिच्नुको विकल्प थिएन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.