Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

‘कसैको निर्देशन र दवावमा गलत समाचार उत्पादन गर्नु ठिक होइन’- विप्लव

User Photo
बिहिबार, चैत्र १४, २०७५

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता र पार्टीबारे गलत समाचारहरू आएको भन्दै आपत्ति जनाएको छ। बिहीबार जारी प्रेस विज्ञप्तिमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीबारे कपोलकल्पित समाचार आएको उल्लेख गरेका छन्।

‘नेपालका कर्पोरेट हाउसद्वारा सञ्चालित मिडियाहरूबाट हाम्रो पार्टी, क्रान्तिकारी आन्दोन र नेताहरूका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरू योजनाबद्ध तरिकाले सम्प्रेषित भइरहेका छन्’, विप्लवले उल्लेख गरेका छन्, ‘हुँदै नभएका कपोलकल्पित समाचार सम्प्रेषण गर्नु वास्तवमा पत्रकारिता हुँदैन।‘

महासचिव विप्लवले मिडियामा आएका कुन समाचारले त्यस्तो गरेका हुन् भन्नेचाहिँ खुलाएका छैनन्।

विप्लव नेतृत्वको नेकपाका एक नेताका अनुसार पार्टीमा विवाद रहेको, प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई निलम्बित गरिएको लगायतका समाचार मिडियामा आएपछि विप्लवले त्यसको खण्डन गरेका हुन्।

विगतका परिवर्तनकारी आन्दोलनहरूमा मिडियाको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले विगतको जस्तै भूमिकाको अपेक्षा गरेको जनाएका छन्। ‘भ्रामक र असत्य समाचारहरू जनता र राष्ट्रका लागि घातक हुने’ टिप्पणी गर्दै उनले अमेरिकी विद्वान नोम चोम्स्कीको ‘म्यानुफ्याक्चरिङ कन्सेन्ट’ को उल्लेख विज्ञप्तिमा गरेका छन्।

‘म्यानुफ्याक्चरिङ कन्सेन्टको नीतिका आधारमा लगानी र विज्ञापन बढाउन कसैको निर्देशन र दवावमा यस्ता समाचार उत्पादन गर्नु ठिक होइन’, विप्लवले भनेका छन्।

सन् १९८८ को पुस्तक ‘म्यानुफ्याक्चरिङ कन्सेन्ट : पोलिटिकल इकोनोमी अफ मास मिडिया’ मा अमेरिकी विद्वानहरू नोम चम्स्की र इडवार्ड हर्मनले मिडियाले सत्ताद्वारा उत्पादित विचार र प्रोपागन्डाको प्रचारप्रसार गर्छ तथा त्यसको अन्तर्यमा आफ्नो विज्ञापन बजार सुरक्षित गर्ने उसको रणनीति हुन्छ भन्ने निष्कर्ष निकालेका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.