Kanoon Post
बुधबार, बैशाख ५, २०८१/ April 17, 2024,
बुधबार, बैशाख ५, २०८१

Trending :

No tags found.

धनुषामा रक्सी सेवनबाट ज्यान गुमाउनेको संख्या १४ पुग्याे, एकै दिन तिन जनाकाे मृत्यु

अन्य बिरामी परेका छ जनाकाे उपचार हुदै

काठमाण्डाै ।

धनुषामा घरेलु मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मुसहर बस्तीमा शुक्रबार राति र शनिबार विहान गरी तीन जनाको ज्यान गएको छ । यसअघि क्षिरेश्वरनाथ नगरपालिकामा एक साताको अवधिमा ११ जनाले ज्यान गुमाएका थिए ।

शुक्रबार राति ज्यान गुमाउनेहरुमा बनारसी सदा र मिथिला सदा छन् । शनिबार विहान झगरु सदाको ज्यान गएको छ । यी सबैको उमेर ५० वर्ष हाराहारी रहेको स्थानीय किशोर साहले जानकारी दिए । उनीहरु झाडापखालाका बिरामीसमेत रहेको स्थानीय प्रशासनले जनाएको छ ।

यसअघि क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर २ रमदैयामा गत बिहीबार र शुक्रबार आठ जनाको विशाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु भएको थियो । एक जना भेन्टिलेटरमा उपचारत छन् भने अन्य पाँच जनाको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार उनीहरुले महोत्तरीको सितापुर भंगाहामा उत्पादित घरेलु मदिरा सेवन गरेको पाइएको छ । त्यसैले त्यहाँका सात जनालाई अन्तर जिल्ला समन्वय गरी पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

साथै नागरिक–प्रहरी साझेदारीमा घरेलु मदिरा नष्ट गर्ने अभियान जारी राखिएको उनले बताए । ‘यसअघि पनि जिल्लामा पटक–पटक नागरिक–प्रहरी साझेदारीमा ठूलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरिएको थियो । त्यो अभियान आज पनि जारी राखिएको छ,’ प्रमुख जिल्ला अधिकारी कँडेलले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading