Naya Media
बुधबार, बैशाख ९, २०८३
| | April 22, 2026
बुधबार, बैशाख ९, २०८३

रेडक्रस कैलाली द्वारा २ दिने बाढी पूर्व सूचना तथा मौसम पुर्वनुमान कार्य सम्बन्धि तालिम

User Photoनयाँ मिडिया बिहिबार, फाल्गुन ३, २०८०
कैलाली ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय विपद व्यवस्थापन विभागको सहकार्यमा कैलाली जिल्ला शाखाद्वारा संचालित “विपद व्यवस्थापन सबलताका लागि सहकार्य” कार्यक्रमको आयोजनामा समुदायका बडघर, चिराकी हरुका लागि २ दिने बाढी पूर्व सूचना तथा मौसम पुर्वनुमानमा अधारित पूर्व कार्य सम्बन्धि तालिम आज विहीबार टिकापुर नगरपालिकामा सम्पन्न भएको छ ।

डेनिस रेडक्रसको सहयोगमा कैलाली, कंचनपुर र बर्दिया जिल्लाका १२ पालिकामा संचालित कार्यक्रम अन्तर्गत तालिममा कैलाली जिल्लाको टीकापुर नगरपालिकाको कर्णाली नदि , पथरैया नदि तथा मोहना नदिका अति सम्मुख तटीय क्षेत्रका समुदायका बडघर, यस क्षेत्रमा रहेका नेपाल रेडक्रस सोसाइटीका टिकापुर, नारायणपुर र धनसिंहपुर उपशाखाका प्रतिनिधि तथा जिल्ला शाखाका कर्मचारी गरि ३१ जनाको सहभागिता रहेको थियो । तालिममा मौसम पुर्वानुमानमा आधारित गर्ने पुर्व कार्य, समुदाय तहमा बडघर चिराकिलाइ टीकापुरमा नगरपालिका ,केन्द्र , प्रदेश तहमा भएका विपद व्यवस्थापन सम्बन्धि येन, कानुन कार्यविधि, पुर्व सूचना संयन्त्र, पुर्व कार्य कार्य ढाचा तथा समुदायमा बडघरले आफ्नो क्षेत्रमा विपद जोखिम न्यूनीकरण,व्यवस्थापनमा लागि के कस्ता गतिविधि संचालन गर्न सकिन्छ, कस्ता खालका व्यक्तिका बारेमा वकालत गर्ने, बाढीलाई मध्यनजर गर्दै नगद प्रवाहलाई कसरि प्रभावकारी रुपमा संचालन गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरिएको जानकारी यसै कार्यक्रमका पालिका सहायक तपेन्द्र तिमिल्सेनाले दिनु भएको छ ।

कार्यक्रमको अनुगमन नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कार्य समितिका केन्द्रीय सदस्य द्वय श्री उत्तम जोशी, श्री लक्षिराम कुवर, जिल्ला शाखाका उपसभापति श्री जगदीश्वर पण्डित र टिकापुर नगरपालिका बाट नगर प्रमुख श्री रामलाल डगौरा थारु , विपद सम्पर्क व्यक्ति श्री निर्मला चौधरीले गर्नु भएको थियो भने नेपाल रेडक्रश सोसाइटी विपद व्यवस्थापन सबलताका लागि सहकार्य कार्यक्रमका कार्यक्रम अधिकृत मुकेश चन्द्र गौतम , पालिका सहायक प्रकाश डाँगी , तपेन्द्र तिमिल्सेना तथा टिकापुर नगरपालिकामा कार्यरत सव इन्जिनियर गम्भीर साउद लगायतकाले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको समापन टिकापुर नगरपालिकाका नगर प्रमुख तथा नगर स्तरीय विपद व्यवस्थापन समिति अध्यक्ष श्री रामलाल डगौराले गर्नु भएको थियो ।

# रेडक्रस # रेडक्रस कैलाली


नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.