Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

विकल्प राज श्रेष्ठ बने ‘मिस्टर नेपाल २०१८’

User Photo
आइतवार, अशोज १४, २०७५

विकल्प राज श्रेष्ठ ‘मिस्टर नेपाल वर्ल्ड २०१८’ घोषित भएका छन्। चितवन रामघाटका २५ वर्षिय उनी बिबिएस चौथो वर्षमा अध्यनरत छन्। श्रेष्ठले १५ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि चुमेका हुन्।

‘बलात्कारीका लागि उपयुक्त सजाए के हुन सक्छ ?’ निर्णायक मध्यका एक कलाकार सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनी बिजेता बन्न सफल भएका हुन्।

सामाजिक सञ्जालमा सर्वाधिक लाइक प्राप्त गरेर सोसल मिडिया उपाधि समेत हात पारेका श्रेष्ठले प्रतियोगितामा मोटरबाइक, नगद रु ५० हजारका साथमा बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरे। श्रेष्ठले यसै वर्ष आयोजना हुने ‘मिस्टर वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

दरबारमार्गस्थित होटल अन्नपुर्णमा शनिबार सम्पन्न प्रतियोगितामा सुसन महर्जन मिस्टर नेपाल युनिभर्सल एम्बेसडर, सन्दिप केसी मिस्टर नेपाल म्यान अफ द इयर, प्रदीप न्यौपाने मिस्टर नेपाल मेन इन्टरनेशनल, चन्दन चौधरी मिस्टर नेपाल मेनएटिच्युट चुनिदा सागर परियार एक्सपोजन नेपाल टुरिजम एम्बेसडर, सविन बराल एक्पोज नेपाल युथ एम्बेसडर र दिपेश श्रेष्ठ एक्पोज नेपाल स्पोड्स एम्बेसडर छानिए।

कलाकार सुनिल थापा, पुर्व डिआइजी विज्ञानराज शर्मा, गीतकार  डा.कृष्णहरी बराल, बैंकर रबिना देशराज जोशी, फोटोग्राफर राजभाई सुवाल, कोरियोग्राफर महेश केसी, कला सुब्बा लगायत निर्णायक रहेको प्रतियोगितामा सागर परियार मिस्टर ट्यालेन्ट, चन्दन चौधरी मिस्टर फोटोजेनिक, सुशन मर्हजन बेष्टमोडल, रिसव पौडेल पब्लिक च्वाइस, जीवन रेग्मी एसएमएस स्टार छानिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.