Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

कम्युनिस्ट पार्टीको सरकार र पार्टी एकताविरुद्ध वितण्डा मच्चाउन खोजियाे- प्रचण्ड

User Photo
मङ्लबार, साउन ८, २०७५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देशमा कम्युनिस्ट पार्टीको सरकार र पार्टी एकताविरुद्ध वितण्डा मच्चाउन खोजिएको बताएकाछन ।

पार्टीसम्बद्ध पत्रकारहरुसँग मंगलबार भएको छलफलमा प्रचण्डले यस्ताे बताएका हुन । साथै डा. गोविन्द केसीलाई प्रयोग गरेर देशमा अराजकता मच्चाउन खोजिएको समेत उनकाे थियाे ।

पार्टी एकता गरेर राम्रोसँग खुट्टा टेक्न नपाउदै लडाउने षड्यन्त्र अनुरुप वितण्डा मच्चाउन खोजिएको उनले बताए । ‘नेपालभित्र कम्युनिस्टले चुनाव जितेको, दुई तिहार्इको सरकार बनाएको, हामीले शक्तिशाली कम्युनिस्ट पार्टी एकीकरण गरेको उनीहरूलाई पटक्कै मन परेको छैन,’ प्रचण्डले भने, ‘त्यसैले हाम्राबिरुद्ध कथा बनाएर दिग्भ्रमित पार्ने, बदनाम गर्ने षड्यन्त्र अनुसार संगठित ढंगले मिडिया प्रयोग गरेका छन् ।’

नियोजित रुपमा सरकार, कम्युनिस्ट पार्टी, मूल नेतृत्वविरुद्ध वितण्डासहित मिडियाबाट लडाइँ शुरु भएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकार र पार्टीको रक्षाका लागि कसैसँग सम्झौता नगरिने प्रष्ट पारे ।

तलसम्म पार्टी एकीकरण गर्दै सरकार र पार्टीको रक्षाका लागि जनतालाई परिचालन गरिने उनले बताए । ‘हामीलाई उनीहरुले भोट दिएर जितेको होइन, उनीहरूले चाहेर पार्टी एकता गरेका होइनौं,’ उनले भने, ‘विरोधीहरु विभिन्न आवरणमा आउँदैछन, हामी एकतावद्व भएर प्रतिवाद गरौं ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.