Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

निर्माणधीन पुल भत्कियो

User Photo
शुक्रबार, साउन ११, २०७५

चार दिन पहिले मात्रै ढलान गरिएको पक्की पुल बुधबार बेलुकीदेखिको अविरल वर्षाले भत्केको हो ।

डिभिजन सडक कार्यालय कुलपाते, दीपायलले पुल निर्माणका लागि ०७२ भदौ २४ गते बिकोई बिल्र्डस प्रा.लिसँग ठेक्का सम्झौता भएको थियो ।भ्याटसहित कूल ५ करोड एक लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न दुई वर्षको समयावधि तोकिएको थियो । ०७४ भदौ २४ गते ठेक्का अवधि सकिएपछि ०७५ भदौ ९ गतेसम्म काम सक्ने गरी म्याद थप गरिएको डिभिजन सडक कार्यालय कुलपाते, डोटीले जनाएको छ ।

वर्षातको समयमा जोखिम मोलेर पुल निर्माणको काम गरिएकाले बाढीका कारण निर्माणाधीन पुल भत्किएको डिभिजन सडक कार्यालय, डोटीका इन्जिनियर महानन्द जोशीले बताए ।

देशभरिमै ख्यातिप्राप्त निर्माण कम्पनी भएकाले केही क्षति भएपनि पुल निर्माणमा बाधा नपुग्ने उनले दावी गरेका छन् । बिकोई बिल्र्डस प्रालिका सञ्चालक होमनाथ कोइराला सडक विभागकै पूर्व इन्जिनियर हुन् ।

‘सानोेतिनो पानी परिरहेकाले क्षति नपुग्ने अनुमान गरेर काम गरिरहेका थियौं,’ निर्माण कम्पनीका साइड इन्चार्ज इन्जिनियर तीर्थ गुरुङले भने, ‘एक्कासि ठूलो पानी परेपछि बाढीका कारण निर्माणाधीन पुल भत्किएको हो ।’

गुणस्तरहीन सामग्रीको प्रयोग, गलत डिजाइन र भारी वर्षातको बेला खोलामा ढलान गर्ने र गराउने काम भएकाले पुल भत्किएको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए ।

निर्माण सामग्रीको गुणस्तरबारे आफूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनले निर्माण कार्यमा लापरवाही गर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

निर्माण कम्पनीले भने झण्डै एक करोड बराबर क्षति भए पनि अगामी मंसिरसम्म पुल निर्माण कार्य सक्नेगरी पुलको पुनर्निर्माण गरिने जनाएको छ । निर्माणाधीन पुलको क्षतिको विवरण भने तयार भएको छैन ।

४० मिटर लम्बाई र ११ मिटर चौडा पुल समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.