Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले लाइसन्स रोक्ने ठाडो आदेश ?

User Photo
सोमवार, साउन १४, २०७५

आइतबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइनबाट फारम भर्ने कार्य सुरु भएको छ।तर, यातायात व्यवस्था कार्यालय लहानबाट भरिने फारम प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलको ठाडो आदेशले रोकिएको छ।

अनलाइन फारम भर्ने कार्य रोकिएपछि कार्यालयमा आउने सेवाग्राही त्यत्तिकै फर्किएका छन्। आइतबार मात्रै चार सय भन्दा बढी सेवाग्राही अनलाइन फारम भर्नबाट बञ्चित भएको  सेवाग्राहीको गुनसो छ

कार्यालय निमित प्रमुख मिनकुमार भट्टराईका अनुसार प्रदेश सरकारका मन्त्रीले फारम तत्काल रोक्न मौखिक आदेश गरेपछि सवारी चालक अनुमति पत्रको फारम भर्ने कार्य रोकिएको छ।

‘कार्यालय प्रदेश सरकारको मातहतमा आइसकेको छ। तर नयाँ ऐन कानुन बनेको अवस्थामा पहिलेकै अनुसार काम गर्नुपर्छ,’ प्रमुख भट्टाराईले भने, ‘हामीले लिखित आदेश माग्दा पनि कुनै जानकारी आएको छैन्। यहाँबाट संकलन भएको राजश्व प्रदेश सरकारमै जम्मा हुन्छ। किन रोकेको खुलाइएको छैन्।’

आइतबार अनलाइनबाट फारम भर्न कार्यालय पुगेका लहान नगरपालिका २४ का राजेश कामतीले भने, ‘तीन तहमा सरकार आएपछि जनतालाई सेवाप्रवाहमा सहज हुन्छ भन्थ्यो तर खै रु उल्टै मन्त्रीको अनुचित काम देखियो।’

कहिलेकाँही खुल्ने सवारी चालक अनुमति पत्रको फारम रोकिएको सुन्दा दुःख लागेको उनले बताए। ‘सवारी चालक अनुमति पत्र नहुँदा जनता मारमा छन्। तर मन्त्रीलाई मतलबै छैन्’, अर्का सेवाग्राही रञ्जित विकले भने, ‘सरकारले झन् सहज गर्नुपथ्र्यो।’ केन्द्र सरकार निर्देशन विपरित प्रदेश सरकार उभिएको उनले बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.