Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

योगेन्द्र अधिकारी डिएलएको अध्यक्षमा विजयी

User Photo
मङ्लबार, साउन १५, २०७५

नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डिएलए) को १० औँ राष्ट्रिय अधिवेशनबाट योगेन्द्र बहादुर अधिकारी विजयी भएका छन् ।

अध्यक्षका अन्य दुई जना उम्मेदवारलाई हराउँदै अधिकारी तीन वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । अधिकारीले सिताराम केसी र रामकुमार श्रेष्ठलाई पराजित गरे । अधिकारीले ४३१ मत ल्याउँदा केसीको पक्षमा ३३४ मत आयो । यस्तै अर्का उम्मेदवार श्रेष्ठले ४२ मत ल्याए ।अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वाचित भएका छन् ।

यसैगरी सातवटै प्रदेशमा प्रदेश उपाध्यक्षहरु निर्वाचित बनेका छन् । प्रदेश नम्बर १ मा मुरारी खनाल, प्रदेश नम्बर २ मा राजन दाहाल, प्रदेश नम्बर ३ मा राजु कटवाल, गण्डकी प्रदेशमा फणिन्द्र कोइराला, प्रदेश नम्बर ५ मा गोर्कणसिंह थापा, कर्णाली प्रदेशमा खड्का सिजापति र प्रदेश नम्बर ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका छन् ।

डिएलए प्रदेश संरचनामा जाने कांग्रेसको पहिलो भातृ संगठन बनेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.