Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

‘प्रेस’को मोटरसाइकलबाट लागू औषध पाएको छ

User Photo
मङ्लबार, साउन १५, २०७५

प्रेस लेखेको मोटरसाइकलबाट लागूऔषधको अवैध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले सोमबार दिउँसो पौने ३ बजे काठमाडौं महानगरपालिका २२ पुरानो नगरपालिकानजिकैबाट प्रेस लेखेको ज ७ प १४०४ नम्बरको मोटरसाइकल र त्यसमा सवार धनुषा गणेशनाथ चारनाथ नगरपालिका ४ का राजकुमार चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीले बोकेको कालो झोला चेक जाँच गर्दा प्रतिबन्धित लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले चौधरीसँग लागुऔषध खरिद गर्न आएका काठमाडौं बसन्तपुरका मोहम्मद शाहीदलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । चौधरीको साथबाट प्रहरीले बैंकमा जम्मा गरेको ४ लाख रुपैयाँको भौचर पनि बरामद गरेको छ ।

खैरो हिरोइनसहित ३ जना पक्राउ

प्रहरीले लागुऔषध कारोबारमा संलग्न ३ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ३२ सत्य साहमार्गस्थित शिव श्रेष्ठको घरमा भाडामा बस्ने झापा दमकका उदव न्यौपाने, सुमन झा र मोरङ मधुमल्ला ४ का चौलागाईलाई ४० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.