Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

संसदीय समितिको निर्णयबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग

User Photo
बुधबार, साउन २३, २०७५

काठमाडौं ।राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले संसदीय सुनुवाई विशेष समितिको निर्णयबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै संवैधानिक परिषद्को नैतिक जिम्मेबारी बारे अध्ययक्षको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जवाफ दिनुपर्ने माग गरेका हुन् ।

कामु प्रधानन्यायाधिश दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयलाई संसदीय सुनुवाई विशेष सममितिले उल्टाउने काम गरेकाले सो बारे प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग उनले गरे । संवैधानिक परिषद्को संरचना र राजनीतिक अवधारणाबारे पनि बुझ्न उनले सरकारको ध्यानाकर्षण गराए । परिषद्को संरचनाले राजनीतिक रुपमा नै परिष्दको निर्णय नउल्टाउने गरि भएको भन्दै सो अवधारणालाई आत्मसाथ गर्न पनि उनले सरकारलाई सचेत गराए ।

सरकारका गतिणिय दृष्टिबाट गरिएका निर्णयहरुले मुलुकलाई प्रतिक्रान्तिको बाटोमा लगेको दाबी पनि उनले गरे ।

दुइतिहाईको दम्भमा सरकारले गरेका निर्णयले मुलुकलाई प्रतिक्रान्तितिर घकेलिरहेको दाबी पनि उनले गरे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.