Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

द्वन्द्वमा बेपत्ता १२ व्यक्ति घर फर्किए

User Photo
बिहिबार, भदौ १४, २०७५

काठमाडौँ : बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले द्वन्द्वमा बेपत्ता भएका १२ व्यक्ति घर फर्किएका जनाएको छ ।

आयोगले विस्तृत अध्ययनका लागि उजुरी छानबिनका क्रममा घर फर्किएका पाएका १२ व्यक्तिमा नुवाकोटका लछुमनप्रसाद भट्ट, कञ्चनपुरका कृष्णप्रसाद दुलाल, महोत्तरीका गङ्गा मण्डल, वर्दियाका धनबहादुर खड्का, चितवनका गङ्गाधर तिमिल्सिना र ओखलढुङ्गाका गोपी भट्टराई रहेका छन् ।

त्यसैगरी, इलामका कुमार विश्वकर्मा, कञ्चनपुरका धनबहादुर दाहाल, झापाका सोमनाथ खनाल, नुवाकोटका सन्तकुमारी तामाङ, धनुषाका हरिदेव कुसियैत र कञ्चनपुरका देवेन्द्रसिंह कुँवर घर फर्किएका हुन् ।

आयोगका प्रवक्ता प्रा डा विष्णु पाठकले द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको विस्तृत अध्ययनका लागि फारम भर्ने क्रममा १२ जना व्यक्ति घर फर्केको भेटिएको जानकारी दिए । उनले बेपत्ता व्यक्तिका पीडितले परिवारले राहतस्वरुप १० लाख लिइसकेको हुँदा त्यो पैसा फिर्ता गर्नुपर्छ कि भनेर फोन सम्पर्कसमेत गरिरहेका छन् ।

आयोगमा परेका तीन हजार १९७ उजुरी परेकामध्ये आयोगले विस्तृत अध्ययन गर्न तयार गरेको दुई हजार ५०० उजुरीमा ४३ जिल्लामा विस्तृत अध्ययन फारम भर्ने काम सम्पन्न भएको छ । उजुरीउपर छानबिनका लागि पीडित परिवारसँग भेट्ने क्रममा आयोगले ती व्यक्तिहरु घर फर्केको पाएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.