Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

यी हुन साउन महिनामा काठमाडौंमा उत्कृष्ट काम गर्ने प्रहरी अधिकारी र जवान

User Photo
बुधबार, भदौ २०, २०७५

काठमाडौं प्रहरीले वृत्त जनसेवाका डिएसपी टेकुनन्द इवालिम्बु र वृत्त लैनचरका डिएसपी गौतमकुमार केसीलाई साउन महिनाको काठमाडौं प्रहरी अवार्ड दिएको छ।

५० हजार राशिको पुरुस्कार इवालिम्बु र केसीलाई संयुक्त रुपमा प्रदान गरिएको हो।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी वसन्तकुमार लामा र बंगलादेश बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले संयुक्त रुपमा उत्कृष्ट प्रहरी अधिकारीहरुलाई पुरुस्कार प्रदान गरेका हुन्।

यस्तै प्रहरी निरीक्षकमा परिसरका अनिलकुमार अधिकारी र दरबारमार्गका जितेन्द्र श्रेष्ठले ३५ हजार राशिको पुरुस्कार पाए। साउन महिनाका उत्कृष्ट सईमा लैनचौरका मिनबहादुर खड्का र दरबारमार्गका पूर्णबहादुर कठायतलाई दिइयो। दुबैले २५ हजार राशीको पुरस्कार हात पारेका हुन्।

असईहरुमा सुरेन्द्रबहादुर बसेल फर्पिङ र महाराजगञ्जका विश्वभूषण खड्कालाई २० हजार, प्रहरी हवल्दार दरबारमार्गका किशोरकुमार गोले र साँखु प्रभागका रूपबहादुर थापा १५ हजार प्राप्त गरे।

वृत्त बालाजुमा कार्यरत प्रहरी जवान कमलप्रसाद देवकोटा साउन महिनाको उत्कृष्ट प्रहरी जवान बने। उनले एकलरुपमा १० हजार राशिको पुरस्कार प्राप्त गरेका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंद्वारा बंगलादेश बैंकसँगको सहकार्यमा हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारीलाई पुरस्कृत गर्दै आएको हो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.