Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

बढ्दै किशोरी आमा

User Photo
शुक्रबार, भदौ २२, २०७५

विद्यालय उमेरमा बालविवाह गर्ने क्रम नरोकिएको जुम्लामा अहिले किशोरी आमा बढ्दै गएका छन् । विद्यालय उमेरमै विवाह गर्ने गरेका किशोरी विवाहपछि विद्यालय छोड्ने गरेका हुन् । जुम्लामा १५ देखि १८ वर्ष उमेर समूहका किशोरी, किशोरावस्थामा नै आमा बन्छन् । मानसिक र शारिरीक रूपमा परिपक्व नभएका उनीहरू आमा बनेपछि उनीहरूबाट जन्मिने बालबालिका पनि कुपोषित नै जन्मिने गर्दछन् । तथ्याकलाई हेर्ने हो भने, देशभर हाल ३६ प्रतिशत बालबालिका कुपोषणका कारण पुड्का छन्। तर मानव विकास सूचाकंमा सबैभन्दा पछाडी रहेको कर्णालीका बालबालिकामा भने यो समस्या अत्याधिक देखिएको हो । नियमित स्तनपानको कमी, पोषणयुक्त खानाको अभाव र गर्भवती तथा सुत्केरीपछिको अवस्थामा शिशु तथा आमाको स्याहारमा हुने लापरबाहीले बालबालिकामा कुपोषणको गम्भिर समस्या देखिएको हो ।

यही समस्याका कारण कर्णाली प्रदेशका बालबालिकामा रक्तअल्पता, ख्याउटे र पुड्कोपनाको समस्या बढ्दै गएको छ। सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याकंमा कर्णालीका ५४ दशमलव पाँच प्रतिशत बालबालिका कुपोषणका कारण पुड्का छन् । तातोपानी गाउँपालिका ६ की जौमाया रोकायले १६ वर्षियको उमेर मै विवाह गरिन् । उनले १७ वर्षको उमेर मै छोरो जन्माईन् । कलिलो उमेर मै एक सन्तान जन्मेपछि उनलाई पारिवारिक बोझ त छ दै छ, पढाई पनि रोकिएको छ । यस्तै सोहि वडा की कला विष्टको १७ वर्ष कै उमेरमा एक सन्तान जन्मियो, शारिरीक रूपमा अपरिपक्व उनी अहिले बेला बेलामा रिगाटा लाग्ने समस्या आउनु का साथै पेट दुख्ने समस्या  भएको बताउछिन् ।

उनीहरू मात्र होईन वडा नम्बर ६ को  हियाँखोला बस्तिमा १ दर्जन वढि किशोरी छन् । ६ वटा वस्ति रहेको तातोपानी गाउँपालिका ६ मा यस्ता किशोरी आमाको संख्या एकिन नभएपनि ठुलो सख्यामा किशोरी आमा र कुपोषित बालवालिका रहेका छन् । वडा सदस्य देविकन्या आचार्य महिलालाई शसक्तिकरण गराउन आवश्यक रहेको बताउछिन् । गाउँपालिका तथा वडा स्तरबाट महिलाका लागि उपयोगी कार्यक्रम तर्जुमा गरिन उनको भनाई रहेको छ । विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको तथ्याकलाई हेर्ने हो भने जिल्लाको पातारासी गाउँपालिकामा  किशोरा अवस्थामा आमा बन्नेको सख्या धेरै छ । जुम्लाका स्थानिय तहले महिला र बालवालिकाको क्षेत्रमा विषेश योजना बनाएर काम गर्ने बताए पनि योजनामा कुनै योजना समावेश गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.