Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

पशुपति क्षेत्रमा फोहर फाल्न खोज्ने चालक कारवाहीमा

User Photo
सोमवार, भदौ २५, २०७५

 रातिको समयमा गाडीमा पशुपति क्षेत्रको जङ्गलमा फोहर फाल्दै गरेका चालक कारवाहीमा परेका छन् ।

आइतबार राति तिलगङगा–गुह्येश्वरी मार्गबाट बा२ख २६८८ नं ट्रकले विश्वसम्पदा सूचीमा सूचीकृत जङ्गल क्षेत्रमा फोहर फाल्न खोज्दा स्थानीय बासिन्दाले पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएका थिए । चालक सुदीप खड्का र सवारीलाई रातभर नियन्त्रणमा राखी कारवाहीका लागि वडा कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताए ।

सवारी चालकलाई काठमाडौँ महानगरपालिका वडा नं ८ कार्यालयले आगामी दिनमा पशुपति क्षेत्रमा फोहर नफाल्ने शर्तमा रु पाँच हजार जरिवाना गरी छोडिदिएको वडा अध्यक्ष दीनेश डङ्गोलले राससलाई जानकारी दिए । चालकले बबरमहलबाट फोहर लगी पशुपति जङ्गलमा फाल्न खोजेका थिए ।

ऐतिहासिक पशुपति जङ्गलको बीचबाट तिलगङ्गा–गुह्येश्वरी मार्ग खुलेपछि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले विश्व सम्पदाबाट हटाउने चेतावनी दिइसकेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.