Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

User Photo
मङ्लबार, भदौ २६, २०७५

 पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । साेमबार राति १ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ६ को जलविरे, कालीखोला र चार किलोमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

ठूलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।  पहिरो पन्छाउन डोजर पठाइएको पनि प्रहरीले जनाएको छ । मुग्लिन नरायणगढ सडकखण्डको अरु भागमा पनि स–साना पहिरो खसेका छन् । सोमबार पनि पहिरोका कारण केही घण्टा बाटो अवरुद्ध भएको थियो ।

सोमबार बेलुकी ५ बजे खसेको पहिरो साढे ६ बजेतिर हटाइएपछि गाडी चलेका थिए  । तर राति फेरि ठूलो पानी परेकाले पहिरो खस्दा गाडीको आवागमन ठप्प भएको छ । सडक बन्द हुँदा हजारौ यात्रु सडकमै अलपत्र परेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.