Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

ओम सिमेन्टको बदमासी, ओपिसी भन्दै पिपिसी विक्री, मजदुरलाई दोष देखाएर कारबाहीबाट उम्कने प्रयास

User Photo
बिहिबार, भदौ २८, २०७५

नेपाल गुणस्तर तथा नापतौल विभागले ओम ब्राण्डमा ओपीसी र पीपीसी सिमेण्ट उत्पादन गर्दै आइरहेको इण्टरनेशनल सिमेण्ट प्रालिको इजाजतपत्र रद्द गरेको छ ।
विभागको हालै बसेको बैठकले उक्त कम्पनीबाट उत्पादित सिमेण्ट गुणस्तरहीन रहेको भन्दै इजाजतपत्र रद्द गरेको हो । ओम ब्राण्डको सिमेण्ट उत्पादक इन्टरनेशन सिमेन्टले ओपिसी सिमेन्ट भन्दै पिपिसी सिमेण्ट विक्री गर्दै आएको थियो ।
विभागका अनुसार ओम ब्राण्डमा ओपीसी र पीपीसी सिमेण्ट गुणस्तरहीन हुनुका साथै कम्पनीले पीपीसी सिमेण्टलाई पनि ओपीसी भनेर विक्री गर्दै आइरहेको भेटिएकाले उत्पादन इजाजत रद्द गरिएको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको मापदण्डअनुरुप उत्पादन नगरेको भेटिएमा इजाजतपत्र रद्द गरिने जानकारी दिए । विभागले यसअघि पनि गुणस्तरअनुरुप उत्पादन नगर्ने सिमेण्ट तथा छड उद्योगलाई कारबाही गरिसकेको छ ।
वीरगन्जको जगरनाथपुरमा उद्योग स्थापना गरी सिमेण्ट उत्पादन गर्दै आएको इन्टरनेसनल सिमेन्ट प्रालिको ‘ओम’ ब्रान्डको सिमेन्टको नेपाल गुणस्तर चिह्न (एनएस) निलम्बनमा गर्न उद्योग मन्त्री मातृका यादवले निर्देशन दिइसकेका छन् ।
सिमेन्ट उद्योगबाट उत्पादन गरेको सिमेन्टको गुणस्तरमा त्रुटी भेटिएपछि त्यसको गुणस्तर चिह्न निलम्बनका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निर्देशन दिएको स्रोतले जनाएको छ ।
इन्टरनेसनल सिमेन्टको नाममा दर्ता रहेको उद्योगले उत्पादन गर्ने ओम ब्रान्डको ओपीसी सिमेन्टमा पीपीसी सिमेन्ट हालेर बिक्रीवितरण गरेको पाइएको मन्त्रालय स्रोतले जनाएको छ । ओपिसी भन्दा पिपिसी प्रतिवोरा करिव सय रुपैयाँ सस्तो हुन्छ ।
उता सिमेन्ट कम्पनिका प्रवक्ता सन्दिप अग्रवालले भने प्रावधिक कारणले उद्योगमा केही समस्या आएको भएपनि सुधार गर्ने पहल भैरहेको बताए । उनले सिमेन्टको मेलानिकल तर्फ सवै कुरा सही भएपनि प्राविधिक तर्फ केही समस्या देखिएको स्वीकार गरे । आगमी दिनमा त्यस्तो समस्या आउन नदिने प्रतिवद्धता आफुहरुले जनाइसकेको उनको भनाई छ ।

वीरगन्जको जगरनाथपुरमा उद्योग स्थापना गरी सिमेण्ट उत्पादन गर्दै आएको इन्टरनेसनल सिमेन्ट प्रालिको ‘ओम’ ब्रान्डको सिमेन्टको नेपाल गुणस्तर चिह्न (एनएस) निलम्बनमा गर्न उद्योग मन्त्री मातृका यादवले निर्देशन दिइसकेका छन।

इन्टरनेसनल सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टको गुणस्तर प्रयोगशालामा परीक्षण गर्दा ओपीसी सिमेन्टमा पीपीसी हालेर बिक्री गरेको भेटिएको थियो । त्रुटि भेटिएपछि मन्त्री यादवले गुणस्तर चिह्न निलम्वन गर्न निर्देशन दिएपछि उद्योगले पार्टीकै नेताहरुमार्फत पनि कारबाही नगर्न लबिङ गरेर रकमको समेत प्रलोभन दिएको स्रोतको भनाइ छ ।
तर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले भने यसलाइ अस्वीकार गरेर कारबाहीका लागि निर्देशन दिएको मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । गुणस्तरमा त्रुटि भेटिएपछि किन कारबाही नगर्ने ? भन्ने आशयसहितको स्पष्टीकरण पठाएकोमा चित्तबुझ्दो जवाफ नदिएपछि ओम सिमेन्टको गुणस्तर चिह्न खारेज हुने भएको हो । उद्योगले ओपीसी सिमेन्टमा पीपीसी मिसाएर बिक्री गरेको भए पनि मजदुरलाई दोष देखाएर कारबाहीबाट उम्किन खोजेको छ ।
उद्योगलाई पठाएको स्पष्टीकरणको जवाफमा उद्योगमा कार्यरत मजदुरका कारण त्रुटि हुन गएको व्यहोराको जवाफ उद्योगले पठाएको थियो । उद्योगले दिएको जवाफमा चित्त नबुझेपछि गुणस्तर चिह्न खारेज गर्ने निर्णयमा मन्त्रालय पुगेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.