Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

निर्मला हत्याकाण्ड : ‘बल्ल परेउ सीआइबी जालैमा’, अब सीआइबी टोलीमाथि नै छानविन

User Photo
शुक्रबार, भदौ २९, २०७५

कञ्चनपुरकी किशोरी निर्मला पन्तकोे हत्याको घटनामा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीमाथि छानविन गर्न प्रहरी प्रधान कार्यालयले छुट्टै समिति गठन गरेको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीको संयोजकत्वमा नयाँ समिति गठन भएको हो ।सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी)अङ्गुर जिसी नेतृत्वमा गठन गरिएको विशेष टोलीले पन्त हत्याको छानविन गरेको थियो ।

निर्मला हत्याको अभियोगमा सिआइवीको विशेष टोलीको सहयोगमा पक्राउ गरिएका दिलिपसिंह विष्टको ‘डिएनए’ परीक्षण नमिलेपछि प्रहरी प्रधान कार्यालयले डिएसपी जिसीमाथि नै अनुसन्धान गर्न टोली गठन गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले नवगठित पाँच सदस्यीय छानविन समितिले प्रहरी अनुसन्धानमा भएका लापरवाही र कमी कमजोरीको छानविन हुने बताए । ‘यो टोलीले घटनाको विस्तृत छानविन नभई सिआइबी टोलीले गरेका कमी कमजोरीको अनुसन्धान गर्ने प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

बलत्कारपछि भएको हत्या घट्नाको छानविन गर्नका लागि ‘सिआइबीका एसएसपी ठाकुरप्रसाद ज्ञवालीको कमाण्डमा अनुसन्धान टोली अहिले पनि कञ्चनपुरमै छ । एसएसपी सुवेदीको नेतृत्वमा गठित छानविन टोलीले जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रमुख दिल्लीसिंह विष्ट, डिएसपी ज्ञानबहादुर सेठ्ठी, मुद्धा शाखाका प्रहरी निरीक्षक एकिन्द्र खड्कामाथि समेत छानविन गर्ने बताइएको छ ।

टोलीले दिएको प्रतिवेदनअनुसार उनीहरुलाई थप कारवाही अगाडि बढाइने प्रवक्ता क्षेत्रीले बताए । निललम्बीत एसपी विष्ट, डिएसपीद्वय जिसी तथा सेठी तथा प्रहरी निरीक्षक खड्काले निर्मला हत्या घटनाको अनुसन्धानलाई प्रभावित पार्ने गरी मानसिक रूपले अस्वस्थ दिलिपसिंहलाई पक्राउ गरेको हुनसक्ने शंका प्रहरी प्रधान कार्यालयले गरेको छ ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा गम्भीर त्रुटि गरेको भन्दै एसपी विष्टलाई निलम्वन गरिएको छ । सिआइवीका डिएसपी जिसी र मुद्धा प्रमुख प्रहरी निरीक्षक एकीन्द्र खड्कालाई निगरानीमा राखिएको छ ।
यो घटनाको अनुसन्धानमा सिआइवी प्रहरीले गरेको लापरवाहीका कारण नेपाल प्रहरीप्रति जनविश्वास गुम्ने खतरा बढेको भन्दै प्रहरी संगठनभित्रैबाट सम्वद्ध प्रहरी अधिकारीलाई कडा कारवाहीको माग हुन थालेको छ ।

यसैबीच, निर्मला हत्या घटना दिनप्रति दिन रहस्मय बन्दै गएपछि निलम्बित एसपी डिल्लीसिंह विष्ट, उनका छोरा किरण विष्ट र आयुष विष्टको पनि डिएनए परीक्षण हुने भएको छ । यसका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको प्रयोगशाला (फरेन्सिक ल्याव )मा डिएनए परीक्षण हुने छ । नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले पनि डिएनए परीक्षण गर्ने गरेको छ । शिक्षण अस्पतालका विज्ञ चिकित्सकको नेतृत्वमा उनीहरुको डिएनए परीक्षण हुन लागेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.