Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

निर्मला हत्या प्रकरण : प्रहरीको गल्ती देखाइयो, ‘वलात्कारी’ देखाइएन

User Photo
बुधबार, अशोज १०, २०७५

निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापालाई पेस गरिएको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री थापालाई प्रतिवेदन बुझाएको हो । घटनामा दोषी दाबी गर्दै पक्राउ गरी यातना दिइएका र पछि डिएनए परीक्षणबाट पुष्टि नभएपछि रिहा भएका दिलीपसिंह विष्टलाई सरकारले उपचार गर्नुपर्ने विषय समेत प्रतिवदेनमा समेटिएको छ ।

समितिले घटनाको वास्तविक दोषी पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा गोली चलाइएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र एसपीसँग पनि बयान लिएको थियो ।

प्रदर्शनका क्रममा आफूले गोली चलाउन एसपीलाई कुनै आदेश नदिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले समितिलाई वयानमा बताएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, समितिले गत ३० गते बुझाएको प्रारम्भिक प्रतिवेदनको सिफारिसअनुसार गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङ्कुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो ।
कञ्चनपुरकी बालिका पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा गत साउन ११ गते शव भेटिएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.