Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

चन्द्र भण्डारीको तार्किक सुझाव –‘सबल र सक्षम कांग्रेसका लागि कार्यकर्ताको अनुहार देखिने विधान, विधान अनुसार चल्ने पारदर्शी नेतृत्व’

User Photo
बुधबार, अशोज १०, २०७५

नेपाली कांग्रेसले बिपी कोइरालाले बनाएको पार्टीको विधानलाई समयअनुसार संशोधन गर्नका लागि यतिबेला सुझाव संकलन गरिरहेको छ । पूर्णबहादुर खड्का नेतृत्वको टिमले तयार पारेको मस्यौदामाथि अहिले प्रदेशभर नै सुझाव संकलन गर्ने क्रम चलिरहेको छ ।

व्यक्तिगत रुपले पनि नेताहरुले विधानबारे आफ्ना विचार राखिरहेका छन् । उक्त क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले तार्किक सुझाव पेश गरेका छन् ।

उनले पार्टीको विधान देश निर्माण र कानुनी पालनाका लागि महत्वपूर्ण हुने भन्दै ‘पार्टीहरु विधान सम्मत चलेनन् भने देश संविधान सम्मत चल्न सक्दैन’ भनेका छन् ।

‘पार्टीमा क्षमता अनुसार समान न्याय र अवसर दिन सकिएन भने सरकारको नेतृत्व गर्दा पनि जनतालाई समान अवसर र न्याय दिन सकिंदैन’ भन्दै ‘पार्टीहरुलार्इ सबल सक्षम नबनाइ सरकार चल्न सक्दैन र राष्ट्र पनि अगाडि बढ्न नसक्ने जनाएका छन् ।

काँग्रेस यसै रोगका कारण सानो भएको तीतो यथार्थ बताउँदै नेता भण्डारीले नेपाल सिमित व्यक्तिहरुको शिकार बनेको दृष्टान्तसमेत सुनाएका छन् ।

नेता भण्डारीले कांग्रेसलाई सबल र सक्षम बनाउनका लागि विधानमै विशेष ख्याल राख्नुपर्ने बताएका छन् ।

उनले काँग्रेसको विधानमा मुख्य गरी आठ वटा बुँदा राख्नुपर्नेमा जोड दिएका छन् ।

ती बुँदाहरु यस्ता छन् –

१, समानुपातिक प्रणाली अवसर हो धनी बाबु आमाले आफ्ना सन्तानलाई दिने दाइजो होइन । समानुपातिकको अवसर एकपटक भन्दा बढी कसैले पनि पाउनु हुँदैन । कसैले गर्यो भने लेनदेनको आधारमा गरिएको ठानी भ्रष्टाचार अभियोगमा कारवाई गरिनु पर्दछ ।

२, विधान पालना नगर्ने नेतृत्वलाई बीचमा नै निकाल्न सक्ने व्यवस्था हुनु पर्दछ ।

३, जुनसुकै पदमा रहेपनि नेताहरु तल्लो निकायबाट प्रतिनिधित्व हुँदै आउने व्यवस्था गरिनु पर्छ।

४, तल्लो निकायहरु अधिकार सम्पन्न बनाउने र केन्द्रको हस्तक्षेपलाई नियन्त्रण गर्ने ।

५, नेतालाई कमजोर बनाउने होइन विवेकशील बनाउँदै विधानतः  छाडा, परिवार र पैसा मुखी हुने प्रवृत्तिबाट बचाउन विधानतः बाँध्नु पर्दछ ।

६, नेताहरुको सम्पत्ति पारदर्शी हुनु पर्ने व्यवस्था गरिनु पर्दछ ।

७, पार्टीको समीक्षा, अनुगमन , मुल्यांकन र दण्ड र पुरस्कारको पारदर्शी  व्यवस्थापन ।

८, सामाजिक सदभाव भड्काउने र राष्ट्रविखण्डनमा लाग्नेहरुको सदस्यता खारेज ।

नेता भण्डारीले ‘कांग्रेस जस्तोसुकै शक्तिसंग लड्न सक्षम छ तर आफ्नै नेताबाट बचाउन अप्ठ्यारो परेको छ तसर्थ भागबण्डा, गुट, उपगुट, गिरोह , पदहरुको व्यापार, अविवेकशील  निर्णय, विचार शुन्यहरुको बाहुल्यताका कारण नेपाली काँग्रेस इतिहासमा सबैभन्दा कमजोर भएको  छ’ भनेका छन् ।

उनले काँग्रेसका नेता तथा कार्यकर्तालाई सम्वोधन गर्दै भनेका छन्, ‘नेतृत्व गर्ने व्यक्तिहरु धनी हुने र देश ,जनता र पार्टी गरिब हुने जुन परिपाटी नेपालमा विकास भएको छ अरु कुनै पनि देशमा यस्तो हुँदैन तसर्थ राम्रो र सक्षम पार्टीका लागी राम्रा विचार, ती विचारको नेतृत्व गर्ने राष्ट्रवादी सोच र समय अनुसारको विचारको नेतृत्व लिनसक्ने नेताका लागि नेपाली कांग्रेसको विधान निर्माणमा सतर्क बनौं ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.