Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

टिपरमा टाइम कार्ड

User Photo शुक्रबार, अशोज १२, २०७५

टिपरको अत्याधिक गति नियन्त्रण गर्न पाल्पामा टिपर टाइम कार्ड लागु गरिएको छ। जिल्लामा दैनिकजसो दुर्घटना हुन थालेपछि दुर्घटना कम गर्न टिपर टाइम कार्ड लागु गरिएको हो। चालकले ट्रिप अनुसारको ज्याला पाउने भएकाले आपसी प्रतिष्पर्धा र अत्याधिक गतिमा टिपर हाँक्ने गर्छन्। टिपरको गति नियन्त्रण गरी जिल्लामा बढ्दो दुर्घटना कम गर्न टाइम कार्डको व्यबस्था गरिएको हो।

जिल्लाका सडक तथा राजमार्गमा टिपरले दैनिक १ हजारदेखी १२ सय ट्रिपसम्म चुनढुङ्गा ओसार्दै आएका छन्। जिल्लामा खानी क्षेत्र प्रसस्त भएकाले टिपरको संख्या पनि बढ्दो छ। राजमार्ग क्षेत्रमा दुर्घटना न्युनीकरण गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले ट्राफिक प्रहरीको सक्रियतामा पाल्पाको तानसेन तम्घास सडक खण्डको हार्थाेकदेखी तानसेन बुटवल खण्डको दोभान प्रहरी चौकीसम्म टिपर टाइम कार्ड लागु गरेको हो।

रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वर क्षेत्रमा संचालित सिजी तथा सर्वाेत्तम सिमेन्टको खानीबाट धुवानी गर्दै आएका टिपरको लागी पहिलो चरणमा टिपर टाइम कार्ड लागु गरिएको हो। हार्थाेकबाट दोभानसम्म ५० किलोमिटर दुरी २ घण्टा ३० मिनेटमा पुग्ने गरी टाइम कार्डको व्यबस्था गरिएको छ।

हार्थाेकबाट टाईम कार्ड लिएका टिपरले दोभान प्रहरी चौकीमा पुगेको समय कार्डमा लेखाउनु पर्छ। तोकिएको समयभन्दा छिटो टिपर पुगेमा नियमअनुसार कारवाही हुन्छ। पाल्पा प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेल, ट्राफिक प्रहरी प्रमुख डम्वर गिरीले लु २ ख २२६६ नम्वरको टिपरका चालक रामकुमार लामालाई टाइम कार्ड हस्तानतरण गर्दै अभियानको शुरुवात गरेका हुन्।

प्रत्येक टिपर चालकलाई टाइम कार्ड पुस्तिका वितरण गरिएको छ। कार्ड प्रयोगबाट कुन कुन टिपरले कति ढुवानी गरेका छन् भन्ने रेकर्ड समेत हेर्न सकिन्छ। टिपर कार्डलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जिल्ला प्रशासनको अग्रगामी भुमिका रहने प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए। हार्थाेकदेखी दोभानसम्मको ५० किलोमिटर दुरी टिपर चालकसँगै बसेर यात्रा गरी २ घण्टा ३० मिनेट समय तय गरिएको प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले जानकारी दिए।

टिपर व्यवसायी तथा चालकले पनि टाइम कार्ड लागु भएअनुसार सवारी साधन सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन्। टाइम कार्ड जिल्लाका सवै क्षेत्रमा लागु गर्नुपर्ने उनीहरुको माग छ। कतिपय टिपर व्यवसायीले चालकलाई जताततैबाट असहयोग एवं दुःख दिने काम भएको बताएका छन्। सरकारले खानी क्षेत्रमा धर्मकाटा राखिदिए आफुहरुले कहिल्यै ओभरलोड नबोक्ने बताएका छन्। अन्दाजका भरमा बोक्दा कहिले बढी कहिले कम हुने टिपर व्यबसायी अरविन्द्र पाण्डेले बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.