Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

‘रिचार्ज एण्ड विन’ अफरअन्तर्गत एनसेलको पुरस्कार

User Photo
शुक्रबार, अशोज १२, २०७५

एनसेल प्राइभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफरअन्र्तगत यही असोज ११ गते (बिहीबार) तेस्रो हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ।

‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा सञ्चालनमा रहने अफर हो। तेस्रो हप्ताका विजेता मंगलबार (असोज ९ गते) एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाइभ ड्र कार्यक्रममार्फत छानिएका हुन्।

तेस्रो हप्ताका १० भाग्यशाली विजेता ग्राहकमध्ये आठजनाले बिहीबार एक लाख पुरस्कार प्राप्त गरेका छन्। यस हप्ताका घोषित कुल १० जना विजेतामध्ये एकजनाको पहिचान तथा प्रमाणित गर्ने काम भइरहेको छ भने एकजना विजेता योजनाको शर्त बमोजिम पुरस्कार पाउनका लागि अयोग्य ठहरिएकोले उनको स्थानमा एक नयाँ भाग्यशाली ग्राहकको छनौट अर्को हप्ता गरिने एनसेलले बताएको छ।

एनसेलले भाग्यशाली विजयी ग्राहकलाई काठमाडौंलगायत उपत्यका बाहिर एनसेल सेन्टरबाट नगद पुरस्कार प्रदान गर्नेछ।

एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्यायले काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रम माझ तेस्रो हप्ताका आठ विजयी तिलमाया मानन्धर (स्याङ्जा),  माधव भण्डारी (दाङ्ग), मिरा चेपाङ्ग (गोरखा), पासपति चौधरी (नवलपरासी), अमिर सारु (रुपन्देही), पल्टु चौधरी (सुनसरी), डोल कुमारी मगर (रौतहट) र पद्म कुमारी दंगाल (सिन्धुपाल्चोक) लाई जनही एक लाख नगद पुरस्कार हस्तान्तरण गरेका हुन्।

सोही कार्यक्रममा उपाध्यायले पहिलो हप्ताको पुरस्कार ग्रहण गर्न बाँकी मध्येका एक दयपुरका खिल बहादुर तामाङ्ग र दोस्रो हप्ताको विजयी मध्येका २ जना ग्राहक काभ्रेपलाञ्चोककी शान्ति तामाङ्ग र तनहुँका खड्ग बहादुर श्रेष्ठलाई पनि नगद पुरस्कार प्रदान गरे। यसै हप्ता कम्पनीले पहिलो हप्ताका एक विजेता पर्साका गौतम पौडेललाई पनि उनको भक्तपुरस्थित कार्यालयमा पुगेर नगद पुरस्कार हस्तान्तरण गरेको छ।

बिहीबार नै एनसेलले पहिलो हप्ताका विजेतामध्येका सिरहाकी अरुहिलिया देवी साहलाई एनसेल सेन्टर लाहानबाट नगद पुरस्कार प्रदान गरेको छ। साथै कम्पनीले दोस्रो हप्ताका विजयी नवलपरासीकी नन्द कुमारी जिसीलाई एनसेल सेन्टर बुटवलबाट, कन्चनपुरका हरिन्द्र सिंहलाई एनसेल सेन्टर महेन्द्रनगरबाट, झापाका रितेश भुषाल र नर माया चापागाँईलाई एनसेल सेन्टर बिर्तामोडबाट र भोजपुरकी चन्द्रकला राईलाई इटहरी स्थित एनसेल सेन्टरबाट नगद पुरस्कार हस्तान्तरण गरेको छ।

‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ। यस योजनामा सप्ताहभर १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रीपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन्। यो योजनाअन्र्तगत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही एक लाख नगद पुरस्कार पाउँछन्।नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्दछ।

यो योजना साप्ताहिक चक्रमा संचालन भइरहेको छ, जसको सुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ। ग्राहकले आइतबारदेखि शनिबारसम्मको अवधिमा गरेको प्रत्येक १०० बराबरको रिचार्जका आधारमा एसएमएसमार्फत एउटा कोड प्राप्त गर्छन्।

प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकको छनौट मंगलबार प्रत्यक्ष प्रशारण हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिन्छ। चर्चित व्यक्तित्वको उपस्थितीमा हुने सो कार्यक्रम मंगलबार साँझ ७ बजे एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हन्छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.