Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानबीच थप दुर्इ वर्षका लागि सम्झाैता

User Photo
शुक्रबार, अशोज १२, २०७५

आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुको हितलाई मध्यनजर गर्दै नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानका बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार सहयोग आवश्यक रहेको भनी तिलगंगा आँखा प्रतिष्ठानद्वारा सिफारिश गरिएका त्यस्ता व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि नबिल फाउण्डेशनले तिलगंगा आँखा प्रतिष्ठानमार्फत गत वर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएकोमा थप दुई वर्षको लागि उक्त सहयोग उपलब्द गराउने सम्झौता भएको हो ।

यस कार्यक्रमलाई ‘नबिल फाउण्डेशनसँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि’ भनिएको छ । तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंमा आयोजित एक समारोहका बीच नबिल फाउण्डेशनका तर्फबाट अध्यक्ष दयाराम गोपाल अग्रवाल र तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट डा.रीता गुरुङ्गले समझदारी पत्रमा हस्ताक्षर गरे ।

उक्त समारोहमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुईत, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्याल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा दुबै संस्थाका अन्य पदाधिकारीहरु समेतको सहभागिता थियो ।

सो कार्यक्रममा नबिल फाउण्डेशनका अध्यक्ष दयाराम गोपाल अग्रवालले आँखा दान र प्रत्यारोपण जस्तो यस पवित्र अभियानमा फाउण्डेशनले केही सहयोग विस्तार गर्न सकेकोमा खुशी व्यक्त गरे ।

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्नका लागि नै नबिल फाउण्डेशनको स्थापना भएको र तिलगंगा आँखा प्रतिष्ठान जस्तो सम्मानित संस्थासँग सहकार्य गर्न पाउँदा गौरवको अनुभुति भएको बताए ।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्गले मानिसहरुलाई दृष्टिविहीन हुनबाट जोगाउन तिलगंगा आँखा प्रतिष्ठानले अनवरत प्रयास गरी रहेको र यसमा अझै धेरै कार्य गर्न बाँकी रहेको सन्दर्भमा नबिल फाउण्डेशनले यस पवित्र कार्यमा सहयोगका हातहरु अघि बढाएको भन्दै सहयोगको प्रशंसा गरे ।

साथै, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुईतले समेत फाउण्डेशनको यस कार्यको सरहाना गरे ।

0
SHARES


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.