Naya Media
बिहिबार, माघ १, २०८२
| | January 15, 2026
बिहिबार, माघ १, २०८२

शान्ति सेनामा नेपालको नेतृत्च खोइ ?

User Photo
आइतवार, अशोज १४, २०७५

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व शान्तिमा योगदान गर्दै आएको नेपाली सेनाको उपस्थिति उच्चस्तर नेतृत्व तह मा पु¥याउन नेपालले कूटनीतिक पहल अघि बढाएको छ । नेपाली सेना शान्तिको लागि फिल्डमा काम गर्ने पाँचौ ठूलो सैन्यमा पर्छ ।

निकै असजिला स्थान र द्वन्द्व बढी भएको स्थानमा नेपाली सेनाको उपस्थिति छ । ‘नेपालले हरेक अप्ठ्यारोमा पनि विश्व शान्तिको लागि शान्ति सेनामार्फत योगदान गरेको पनि ६० वर्ष पुगेको छ भने कैयन्ले वीरगति प्राप्त गरेको अवस्थामा नेपाली सेनाको योगदानलाई मूल्यांकन गर्नसमेत आग्रह गरिएको छ’, राष्ट्र संघअन्तर्गतको शान्ति सेनामा माथिल्लो तहमा नेपाली सेना किन नभएको भन्ने जिज्ञासामा उनले भने, ‘यो विषयमा हाम्रो ध्यान गएको छ । यसलाई हामीले सबै पक्षबाट थप पहल गर्नेछौं ।’

नेपाली सेनाको उपस्थिति अनुसारको उच्च तहका पद पाउनुपर्ने धारणा नेपालले राख्दै आएको भए पनि त्यसमा सफलता हासिल गर्न सकेको छैन । फिल्डमा काम गर्ने नेपाली सेना तर त्यसको नेतृत्व गर्ने अन्य कुनै दातृ मुलुकका सेनाको अधिकृतले गर्दै आएको छ ।

यो विषय राष्ट्रसंघमा अन्य मुलुकले पनि उठाउँदै आएका छन् । सोही बहसको क्रममा नेपालले पनि आफ्नो धारणा राखेको हो । पछिल्लो समय दातृ मुलुकले राष्ट्रसंघमा गरेको सहयोग बराबर आफ्नो उपस्थिति खोज्न थालेपछि यो विषय बहसमा आएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.