Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

ओली र प्रचण्ड विदेश भ्रमणमा रहेको बेला नेता नेपाल चीन प्रस्थान

User Photo
सोमवार, अशोज १५, २०७५

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेको समयमा नेकपाका तेस्रो वरियताका नेता माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन् ।

चाइना एयरको विमान मार्फत नेता नेपाल सोमवार दिउँसो चीन प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा भागलिन अमेरिका गएका प्रधानमन्त्री ओली कोस्टारिका भ्रमणमा छन् ।

पत्नीको उपचारका लागि प्रचण्ड सिंगापुर गएका छन् । दुई अध्यक्ष विदेशमा रहेको बेला माधव नेपालले राजनीतिक सक्रियता बढाएसँगै पार्टीभित्र विवाद देखिएको छ ।

सरकारको कार्यशैली र पार्टी भित्रको जिम्मेवारीको विषयलाई लिएर नेकपा भित्र विबाद देखिएको छ ।

पार्टी भित्रको विबादको बिषयमा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच आइतवार बिहान टेलिफोन कुराकानी भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.