Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

साढे २ महिनामा झण्डै डेढ खर्ब राजस्व संकलन

User Photo
सोमवार, अशोज १५, २०७५

सरकारले २ महिना १३ दिनमा (साउनदेखि असोज १३ गतेसम्म)  १ खर्ब ४३ अर्ब ३० करोड ५१ लख रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्व संकलन झण्डै डेढ खर्बको हाराहारीमा पुगेको छ ।

सरकारको प्राथमिकता राजस्व संकलन भए अनुरुपनै बजेट खर्चभन्दा राजस्व संकलन बढी भएको छ । यस अवधिमा बजेट खर्च १ खर्ब ३० अर्ब ५६ करोड ९७ लाख रुपैयाँ भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यो कुल बजेटको ९.९३ प्रतिशत खर्च हो ।

यस अवधिमा चालूतर्फ १ खर्ब २१ अर्ब १९ करोड ८५ लाख रुपैयाँ भएको छ । यो सम्पूर्ण खर्चमा १४.३४ प्रतिशत खर्च हो ।  पुँजीगततर्फ ८ अर्ब १८ करोड ७५ लाख रुपैयाँ भएको छ । यो भनेको सम्पूर्ण खर्चको २.६१ प्रतिशत हो ।  वित्तियतर्फ भने १ अर्ब १८ करोड ३७ लाख रुपैयाँ भएको छ ।

सरकारको बजेट बचतमा छ । खर्च र राजस्वको अनुपात हेर्दा १२ अर्ब ७३ करोड ५ लाख रुपैयाँ बचतमा छ । चालू आर्थिक वर्षको बजेट १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको  हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.