Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

कैलालीमा सुरक्षा व्यवस्था कडा, सीमा क्षेत्रमा तालिम प्राप्त कुकुर परिचालन

User Photo
बिहिबार, अशोज १८, २०७५

नेपालीहरुको महान चाड दसैं र तिहारलाई लक्षितगर्दै कैलाली प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको छ ।

चाडबाडका बेला हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि ‘दशै विशेष सुरक्षा योजना’ बनाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

दशै विशेष सुरक्षा योजनाअन्तर्गत चेकजाचमा कडाई, बैंक तथा वित्तिय संस्था, सार्वजनिक स्थल लगायतका स्थानमा सादा पोसाकमा प्रहरी परिचालन, कुनै स्थानमा घटना भएको खण्डमा तत्काल प्रहरी पुग्ने गरी सुरक्षा योजना बनाइएको उनले बताए ।

दशै मनाउनका लागि भारतबाट फर्किएका नेपालीहरुलाई सीमा क्षेत्रमा सहयोग पुगोस भन्नका लागि नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ ।

साथै सीमा क्षेत्रमा तालिम प्राप्त कुकुरहरुबाट समेत चेकजाँच गर्ने प्रबन्ध मिलाएको प्रहरीले जनाएको छ ।

चाडबाडका बेलामा हुन सक्ने सवारी दुर्घटना, यात्रु ठगिने नदिन विभिन्न स्थानमा संयुक्त चेकजाँच र बसपार्कहरुमा हेल्पडेक्सहरुको स्थापना गरिने जिल्ला ट्राफिक कार्यालय कैलालीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.