Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

एनआरएन माइक्रोफाइनान्सले माग्यो सिइओ, उन्नतीमा एसएलसी पासलाई पनि जागिर अवशर

User Photo
बिहिबार, अशोज १८, २०७५

गैरआवासिय नेपाली (एनआरएन) ले स्थापना गर्न लागेको माइक्रोफाइनान्सले प्रमुख कार्यकारी अधिकृतको विज्ञापन खुला गरेको छ। राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको लागि प्रमुख कार्यकारी अधिकृत आवश्यक परेको विज्ञापनमा भनिएको छ।

प्रमुख कार्यकारी अधिकृतको लागि बैंक तथा वित्तीय क्षेत्रमा १० वर्षको कार्यानुभव हुनु पर्नेछ। आवेदन संस्थाको इमेल ठेगाना (nrnmicrofinance@gmail.com) मार्फत दिन सकिने छ। गैरआवासिय नेपाली, सरकार तथा बैंकका उच्च पदबाट निबृत्त, कर्मचारीहरु, औद्योगिक तथा व्यापारिक घरानाका व्यक्तिहरुको लगानी रहेको विज्ञापनमा उल्लेख गरेको छ।

एनआरएन माइक्रोफाइनान्सले नेपाल राष्ट्र बैंकबाट अनुमति पाउन बाँकी छ। अनुमतिको लागि संस्थाले राष्ट्र बैंकमा निवेदन दिएको र चाँढै नै संचालन अनुमति पाउने संस्थाले जनाएको छ।

उन्नती माइक्रोफाइनान्सले एक जना सहायक प्रबन्धक माग गरेको छ। सहायक प्रबन्धकको लागि स्नातकोत्तर गरि बैंक तथा वित्तीय संस्थामा ५ वर्षको कार्यानुभव हुनु पर्नेछ। संस्थाले केहि बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक माग गरेको छ।

अधिकृत स्तरका कर्मचारीको लागि स्नातक गरेको हुनु पर्छ भने बरिष्ठ सहायक र सहायकको लागि प्लस टु पास गरेको हुनु पर्छ। साथै कनिष्ठ सहायकको लागि एसएलसी उत्तीर्ण गरेको भए पुग्छ। सहायक र कनिष्ठ सहायकको लागि अनुवभको आवस्यकता पर्दैन। इच्छुक आवेदकले असोज २९ गतेसम्म संस्थाको इमेल मार्फत आवेदन दिन सक्ने छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.