Naya Media
शुक्रबार, कार्तिक २८, २०८२
| | November 14, 2025
शुक्रबार, कार्तिक २८, २०८२

राजमार्ग छेउ अनकन्टार

User Photo
बिहिबार, अशोज १८, २०७५

नेपालको सुगम जिल्ला मानिने सर्लाहीका कतिपय ठाउँ यस्ता छन्, जहाँ वर्षको ३ महिना मानिसको ज्यान दाउमै हुन्छ । ईश्वपुर नगरपालिका–१२ साबिकको कालिन्जोर गाविस–९ मा पर्ने पीपल दमार, सानो फूलजोर, ठूलो फूलजोर, बरडाँडालगायत स्थानका सर्वसाधारणको दैनिकी निकै कष्टकर छ ।

बाटोको नाममा खोलाको बगर, बाढी आउँदा रातभर जाग्राम बस्नुपर्ने, कोही बिरामी भई अस्पताल लैजान डोको वा झोलुंगोको भर पर्नुपर्ने, बाँके खोलको पानी खानुपर्नेलगायत अवस्था गाउँमा छ । त्यस्तै उज्यालोका लागि सोलार र टुकीको भर पर्नुपर्ने अवस्था छ । तराईको जिल्ला भए पनि अवस्था हेर्दा विकट हिमाली जिल्ला कम छैन । सर्लाही मात्र नभई सीमा जोडिएको महोत्तरीको साबिक खयरमारा गाविसको १ हाल बर्दिबास नगरपालिका ११ मा पर्ने छोड्के, गर्दीखोला, गुरुङ्खोलालगायत बस्तीका बासिन्दाको पनि हाल उस्तै छ ।

झण्डै पाँच सय घरधुरी रहेको महोत्तरीको चुरेबस्ती र एक सय ८० घरधुरी रहेको सर्लाहीको चुरेबस्ती जाने एकमात्रै बाटो बाँके खोलाको बगर हो । असारदेखि भदौसम्म यस क्षेत्रका बासिन्दालाई निकै समस्या हुने गरेको बाँके र छोड्के खोला दोभानमा बस्दै आएका धनबहादुर वाइबाले बताए । ‘सडक सञ्जालसँग गाउँ जोडिएको छैन, विद्युत् र खानेपानी पनि छैन ।

वर्षाका बेला कसैलाई केही भयो भने भगवान् भरोसामै बस्नुपर्छ’, उनले थपे, ‘नजिकैको सहर भनेको लालबन्दी र बर्दिबास हो, पुग्न घण्टौं पैदल जानुपर्छ । ‘बिरामी वा गर्भवती महिलालाई सुत्केरी व्यथा लाग्दा आपतै पर्छ ।’ उनले ज्यान दाउमा राखेर गुजारा गर्नुपरेको बताए । ‘गाउँमा स्वास्थ्य संस्था भए पनि सिटामोलको नाम मात्र सुनेका छौं, हेर्न पाएका छैनौं । विकट भएकाले चिकित्सक बस्न मान्दैनन् । महिनामा एक दुई दिन आउँछन् हाजिर गरेर फर्कन्छन् ।

अवतारसिंह बम्जनले हिउँदमा ट्र्याक्टर चले पनि बर्खा लागेपछि बाढी आउने र बाटो बन्द हुने भएकाले गाउँमा खाद्यान्न भित्रन नसक्ने बताए । उनले भने, ‘कसैले सानोतिनो पसल थापेका छन्, तर चर्को मूल्य तिर्नुपर्छ । उनले चुनाव ताका नेताहरू भोट माग्न घरघर आएका तर जितेपछि कोही नआएको गुनासो गरे ।

ईश्वरपुर नगरपालिका–१२ कालिञ्जोरका वडाध्यक्ष नागेन्द्र पाख्रिनले चुरेपाखाको चट्टानीय जमिन भएकाले विकास गर्न समस्या भएको बताए । राष्ट्रिय योजनाको ठूलो बजेट आयो भने मात्र यस क्षेत्रको विकास हुने उनी बताउँछन् । ‘नगरपालिकाको बजेटले एक किलोमिटर पनि काम हुँदैन्, डाँडापाखा मात्रै छ’, वडाध्यक्ष पाख्रिनले भने, ‘यस्ता ठाउँमा बाटोघाटो पुर्‍याउन राष्ट्रिय योजनाकै बजेट चाहिन्छ ।’


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.