Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

प्रहरीको दशैं लक्षित योजना, दश बजेपछि मापसे चेकिङ

User Photo
बिहिबार, अशोज १८, २०७५

नेपालगञ्‍ज-जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले राति १० बजेपछि मापसे चेकिङ्ग सुरु गरेको छ। दशैं लक्षित सुरक्षा योजनाअन्तर्गत ट्राफिक प्रहरीले राती १० बजेपछि मापसे चेकिङ्ग सुरु गरेको हो। ‘नियमित जाँच त छदैछ।

राति १० बजेपछि मापसे र झोला खानतलासी गर्छौ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख हिरेन्द्र रोकायले भने, रातीमा मापसेमा कडाई गर्दैछौ। झोलामा हतियार हुन सक्छ भनेर जाँच सुरु गरेका छौं।’

चाडबाडका नाममा मदिरा सेवन गरेर रातीमा सवारी साधन चलाउनेलाई निरुत्साहित गर्न यस्तो अभियान थालिएको छ।ट्राफिकले पहिलो दिन नै पाँच जना मदिराप्रेमीलाई कारबाही गरेको छ । ट्राफिकले रातीमा छड्के अर्थात ठाउँ ठाउँमा चेकिङ्ग थालेको छ।

दशैंलक्षित कार्यक्रमअन्तर्गत नै ट्राफिक प्रहरीले यातायात व्यवसायीहरुसँग बैठक गरेर यात्रु तान्ने, क्षमता भन्दा बढी यात्रु राख्ने र बढी भाडा लिनेलाई कारबाही गर्ने निर्णय गराएको छ। गाडीका सहचालकहरुले आफ्नो गाडीमा राख्नका लागि यात्रुलाई लछारपछार हुने गरी तानातान गर्ने प्रवृत्ति देखिदै आएको छ।

ट्राफिकले यस्तो गतिविधि गर्नेलाई कारबाही गर्ने जनाएको छ। यातायात व्यवसायीले पनि दशैंलाई लक्षित गरेर व्यवस्थित टिकट काउन्टर राख्ने, यात्रुको चाप बढेमा बस थप्ने प्रतिबद्धता गरेका छन्।

यातायात व्यवसायीलाई २ सय ५० किलोमिटर बढीको यात्रा गर्दा दुई जना चालक अनिवार्य हुनै पर्ने भनिएको छ। प्रहरीले यातायात व्यवसायीसँग भएको यी सबै निर्णयहरु कार्यान्वयन भए÷नभएको हेर्न सिभिलमा प्रहरी खटाउने तयारी गरेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.