Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

एनसेल ‘रिचार्ज एण्ड विन’ अफरः विजेताहरुले पाए जनही एक लाख

User Photo
शुक्रबार, अशोज १९, २०७५

एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा संचालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत चौथो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म संचालनमा रहने अफर हो । भाद्र १७ गतेबाट शुरु भएको यस अफर अन्तर्गत चौथो हप्ताका विजेताहरु मंगलवार (असोज १६ गते) एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् ।

चौथो हप्ताका भाग्यशाली पाँच विजेता ग्राहकहरुले जनही नगद एक लाख पुरस्कार ग्रहण गरेका छन् । तेस्रो हप्ताका एक सहित गरी यस हप्ताका घोषित कुल ११ जना विजेताहरु मध्ये छ जनाको पहिचान तथा प्रमाणित गर्ने काम भईरहेको एनसेलले जनाएको छ ।

एनसेलका मानव संशाधन निर्देशक युवराज श्रिवास्तवले बिहिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा चौथोे हप्ताका पाँच विजयीहरु सुमित्रा डाङ्गी (सल्यान), राकेश साह (सर्लाही), शिव खत्री (झापा), दिनेश गमाल (मकवानपुर) र सुरज कुमार बरुवाल (मकवापुर)लाई जनही एक लाखको नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।

चौथोे हप्ता सम्ममा ४० जना भाग्यशाली विजेताहरुले जनही एक लाख जित्न सफल भएका छन् । यी मध्ये ३२ जनाले आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने अन्य ८ जना विजयीहरुलाई आवश्यक प्रक्रिया समापन भए लगतै काठमाडौं लगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ ।

अफर अन्र्तगत बाँकी ६ हप्तामा थप ६० पुरस्कार विजेताहरु छानिने छन् । ‘रिचार्ज एण्ड विन’ अफरमा सप्ताहभर १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् ।

यस अन्र्तगत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद एक लाख नगद पुरस्कार पाउँछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्दछ । यो योजना एनसेलले साप्ताहिक चक्रमा संचालन गरिरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.