Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

राष्ट्रपति भण्डारीबाट वातावरणलाई स्वच्छ बनाउने अभियान चलाउन आह्वान

User Photo आइतवार, अशोज २१, २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरणलाई स्वच्छ बनाउने अभियान चलाउन आह्वान गरेकी छिन् ।

वातावरण विभागले आज काठमाडौंमा गरेको वातावरण सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिसँग वातावरण जोडिएको र यससँगै मानिसको जीवनसमेत गाँसिएको भन्दै वातावरणलाई स्वच्छ बनाउने अभियान चलाउनुपर्ने बताएकी हुन् ।

उनले वनजंगलको संरक्षण गर्दै जलवायु परिवर्तनबाट पर्ने प्रभावलाई समेत न्यूनीकरण गरेर जाने ढंगबाट काम थाल्न आग्रह गरिन् ।

वातावरण संरक्षणलाई प्रदूषणसँग जोडेर त्यहाँबाट उठ्ने करलाई वातावरण संरक्षणमा लगाउन उनले सरकारलाई सुझाव दिइन् ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय तह र प्रदेशमा समेत वातावरण स्वच्छ बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्

सम्मेलनमा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि र वातावरणविद्हरु सहभागी छन् ।

स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकारलाई सुरक्षित गर्न भन्दै इसिमोडको सहयोगमा वातावरण सम्मेलन गरिएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.