Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

उपप्रधानमन्त्री पोख्रेलद्वारा गण निरीक्षण

User Photo
आइतवार, अशोज २१, २०७५

दमौली– उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले आज व्यास नगरपालिका–५ चापाघाटस्थित कृष्णदल गणको निरीक्षण गरेका छन् । तनहुँका विभिन्न कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री पोख्रेलले उक्त गणको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायतका विविध पक्षबारे जानकारी लिएका छन् ।

उपप्रधानमन्त्री पोख्रेलले आजनै भानु नगरपालिका–१ मा रहेको नेपाली सेनाको बारुदखानाको समेत निरीक्षण गरेका छन् ।

सबैको एउटै लक्ष्य आर्थिक विकास र समृद्धि

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले आर्थिक विकास र समृद्धि सबै पार्टीको साझा लक्ष्य भएको बताए । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठका बुबा स्व.केवलबहादुर श्रेष्ठको १३ औँ दिनको पुण्यतिथिमा आज दमौलीमा आयोजित श्रद्धाञ्जलीसभामा रक्षामन्त्री पोख्रेलले आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘जुनसुकै पार्टीमा बाँधिए पनि वा पार्टी बाहिर रहे पनि सबैले आर्थिक समृद्धि र विकासको लक्ष्य बनाउनुपर्छ ।’ नौ÷नौ महिनामा सरकार ढल्ने दुर्भाग्य सिलसिलाबाट नेपालले मुक्ति पाएको चर्चा गर्नुहुँदै उपप्रधानमन्त्री पोख्रेलले अब नेपाली जनताले राजनीतिक अस्थिरताको दुष्चक्रमा पर्नु नपर्ने बताए ।

आर्थिक समृद्धिका लागि सबै पार्टी एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकतामा जोड दिनुहुँदै उनले आर्थिक समृद्धिका लागि सहकार्य र सहमतिमा जोड दिए । ‘हामीले प्रतिस्पर्धा राजनीतिमा गर्यौ, प्रतिस्पर्धाको परिणाम पनि हामीले पायौँ,’ उनले भने, ‘अब विकास र निर्माणका लागि साझा सहमति र सहकार्य गर्ने, एकताबद्ध भएर अघि बढ्ने अर्को बाटो हुन सक्दैन ।’

जनतासँग कबुल गरेका सबै प्रतिबद्धता पूरा गरेर छाड्ने उपप्रधानमन्त्री पोख्रेलले बताए । ‘अहिले यतिबेला सबै कुरा सलल बगेको जस्तो देखिएन भनेर अन्यथा लिनु जरुरी छैन,’ उनले भने, ‘हिजो चुनावका बेलामा जुन प्रतिबद्धताहरु गरेका थियौँ, ती सबै कुरा पूरा गर्छौं ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.