Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

एक वर्षमा जग पनि बनेन

User Photo
सोमवार, अशोज २२, २०७५

धनढीस्थित सेती अञ्चल अस्पताल परिसरमा निर्माणाधीन भवन एक वर्षमा जगको फाउन्डेसनसमेत बन्न सकेको छैन। अस्पताल भवन नबन्दा अस्पतालमा शड्ढया अभावमा भुइँमै उपचार गर्नुपरेको स्वास्थ्यकर्मी बताउँछन्।

आठ वटा ब्लकसहित अढाई तले भवन निर्माण गर्नुपर्नेमा निर्माण कम्पनी रबिना थेगिन जेबीले वर्षाको कारण देखाउँदै भवन अलपत्र पारेको हो। सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीसँग रबिना थेगिन जेबीले गत कात्तिकमा सम्झौता गरेको थियो। भवन निर्माण कम्पनीले २१ करोड १७ लाख ९४ करोड २ सय ३६ रुपैयाँमा निर्माण गर्ने जिम्मेवारी लिएको छ।

डिभिजन कार्यालयका अनुसार ०७७ वैशाख २६ गते अस्पतालको भवन निर्माण गरिसक्नुपर्ने समय–सीमा तोकिएको छ। निर्माणका लागि दिइएको अढाई वर्षमध्ये अब डेढ वर्ष मात्रै बाँकी छ। सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका इन्जिनियर शालिकराज उपाध्यायले निर्माण कम्पनीको अटेरीपनले गर्दा अस्पतालको भवन निर्माणमा ढिलाइ भएको बताए। उनले निर्माण कम्पनीलाई समय–समयमा ताकेता गर्ने गरेको बताए।

यसै विषयमा निर्माण कम्पनीका सुनील थापासँग बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन्। अस्पतालको पुरानो भवन जीर्ण बन्दै जाँदा त्यसको विकल्पमा बनाउन लागिएको भवन निर्माणमा ढिलासुस्ती हुँदा समस्या थपिँदै गएको छ। पुरानो भवनमा अहिले सुत्केरीका लागि प्रयोगमा ल्याइएको सेती अञ्चल अस्पतालका लेखा अधिकृत लोचनराज रेग्मीले बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.