Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

नेकपा सचिवालय बैठकमा ओली–नेपालको विदेश यात्रा ‘ब्रिफिङ’

User Photo
सोमवार, अशोज २२, २०७५

आन्तरिक विवादका विषयमा छलफल गर्न बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा शीर्ष नेताहरुको विदेश यात्राले स्थान पाएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका र कोस्टारिका यात्राबारे सुनाएको बैठकमा सहभागी एक नेताले नेपालखबरलाई बताए। असन्तुष्ट पक्षको नेतृत्व गर्ने बरिष्ठ नेता माधवकुमार नेपालले घाना र चीन यात्राका किस्सा सुनाएका थिए।

ओली असोज ७ देखि १८ गतेसम्म अमेरिका र कोस्टारिकाको भ्रमणमा थिए। ‘अध्यक्षज्यूले बैठकमा संयुक्त राष्ट्रसंघको प्रस्तुति अनुभवदेखि कोस्टारिका यात्रासम्मको रोचक वर्णन सुनायो’, स्रोतले भन्यो, ‘अमेरिकी राष्ट्रपतिदेखि अन्य देशका नेतासँग भएको भेटघाटबारे ब्रिफिङ गर्नुभयो।’ कोस्टारिकामा प्रधानमन्त्री ओलाीलाई एउटा विश्वविद्यालयले मानार्थ विद्यावारिधी समेत प्रदान गरेको थियो।

पछिल्लो समय नेकपाका निर्णयमा असन्तुष्ट देखिएका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भने बैठकमा आफ्नो घाना र चीन यात्राका रोचक प्रसंग सुनाएका थिए। बरिष्ठ नेता नेपालले असोज ३ देखि ९ गतेसम्म अफ्रिकी मुलुक घानाको भ्रमण गरेका थिए। प्रधानमन्त्री ओली अमेरिका पुगेको बेला सरकारविरुद्ध अभिव्यक्ति दिएका उनी ओली स्वदेश नफर्किंदै असोज १८–१९ मा चीन यात्रामा गएका थिए।

मुख्य नेताबीच विदेश यात्राको चर्चा भएपछि सोमबार प्रधानमन्त्री निवास बालुवटारमा बसेको सचिवालय बैठक विवादका मुद्दामा प्रवेशै गर्न सकेन। विवादको विषयमा फेरि छलफल गर्ने गरी सोमबारको बैठक अन्त्य गर्ने सहमति भएको छ। सो विषयमा छलफल गर्न बुधबार फेरि बैठक बोलाइएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.