Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

दशैंमा छोराछोरीलार्इ बीमा पोलिसी उपहार, २५ हजारदेखि ७५ लाखसम्मको बीमांक

User Photo
सोमवार, अशोज २२, २०७५

दशैंमा बालबालिकाले आफूभन्दा ठूलाबाट आशिर्वादसँगै दक्षिणा पनि प्राप्त गर्छन्। कतिपय अभिभावकले आफ्ना छोराछोरीलार्इ विभिन्न उपहार प्रदान गर्छ।

अभिभावकले छोराछोरीलाई उनीहरुका रुचीका वस्तु, खेलौना वा महँगा उपहार दशैंमा दिने गरेका छन्। उपहारको यो संस्कृतिलाई थोरै बदल्ने हो भने त्यसले तपाईंको छोराछोरीको भविष्य उज्वल बनाउन महत्वपूर्ण योगदान गर्न सक्छ।

अभिभावकले आफ्ना छोरा छोरीलार्इ क्षमताअनुसारका बीमा पोलिसी उपहारस्वरुप दिने हो भने त्यसले बालबालिकाको उज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं बताँछन्। ‘उहार एउटा संस्कृति भएको छ, यसलाई परिवर्तन गर्ने हो भने बालबालिकाको भविष्य निर्माणमा समेत योगदान गर्न सक्छ,’ उनी भन्छन्।

उमेर अनुसारका पोलिसी

बीमा कम्पनीहरुले बालबालिकाका लागि विभिन्न प्रकृतिका बीमा योजना अघि सारेका छन्। बालबालिकाको उमेरअनुसार ती पोलिसी लिन सकिन्छ। ‘यसरी बालबालिकालाई दिइने उपहारलाई उनीहरुको जीवनसँग जोड्ने हो भने त्यसले उनीहरुलाई ठूलो योगदान गर्छ,’ चापागाईं भन्छन्, ‘बालबालिकाले प्राप्त गर्ने दक्षिणा तथा उनीहरुलाई दिइने उपहारको साटो बीमा पोलिसी खरिद गरौँ।’

बीमा कम्पनीहरुले फरकफरक दरका पोलिसी ल्याएका छन्। अभिभावकले पोलिसी छान्दा आफूले नियमित तिर्न सक्ने पोलिसी छान्नुपर्ने सुझाव उनको छ। आफ्नो आम्दानी र त्यसबाट पोलिसी खरिदका लागि तिर्नुपर्ने रकम हेरेर उपयुक्त पोलिसी खरिद गर्नुपर्छ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सको केटाकेटी जीवन बीमा र बाल शिक्षा बीमा योजना रहेको छ। दुबै पोलिसीमा न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्मको बीमा गर्न सकिनेछ। १९ वर्षमा यो पोलिसी परिपक्व हुनेछ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिकाको लागि चाइल्ड एजुकेसन एण्ड इन्डाउमेन्ट प्लान, बाल अमृत इन्डाउमेन्ट पोलिसी, बाल भाग्योदय पोलिसी बजारमा ल्याएको छ। कम्पनीले सार्वजनिक गरेका पोलिसीहरु २५ हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्ममा खरीद गर्न सकिन्छ।

एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले एशियन चाइल्ड इन्डाउमेन्ट पोलिसी बिक्री गर्दै आएको छ। यो पोलिसी अधिकतम १० वर्षसम्मका वालबालिकाको लागि खरीद गर्न सकिनेछ। न्यूनतम ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको पोलिसी खरीद गर्न सकिनेछ। यो पोलिसी १८ वर्षको उमेर परिपक्व हुनेछ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सूर्या चाइल्ड इन्डाउमेन्ट प्लान र सूर्या मनिब्याक प्लान फर चिल्ड्रेन नामका दुर्इ वटा पोलिसी बिक्री गर्दै आएको छ। कम्पनी यो योजना अधिकतम १५ वर्ष उमेरका बालबालिकाले समेत खरीद गर्न सक्छन्।

यो योजना अधिकतम ३० वर्षको उमेरसम्ममा परिपक्व हुन्छ। न्यूमतम ५० हजार रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्मको बीमा गर्न सकिन्छ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन

लाइफ इन्स्योरेन्स कर्पोरेसनले बालबालिकाको लागि चिल्ड्रेन्स इन्डाउमेन्ट प्लान, बाल ममता, बाल स्नेह पोलिसी बजारमा रहेका छन्। अधिकतम १० वर्षसम्म उमेर समूहका बालबालिकाको लागि यो पोलिसी खरीद गर्न सकिन्छ। ५० हजार रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्मको पोलिसी खरीद गर्न सकिन्छ।

मेट लाइफ इन्स्योरेन्स

मेट लाइफ इन्स्योरेन्सले बालबालिकाको लागि एजुकेसन सेभिङ प्लान, एजुकेसन प्रोटेक्सन प्लान बजारमा ल्याएको छ। यो जोजना अधिकतम १५ वर्ष उमेर समूहकाको लागि खरीद गर्न सकिन्छ। यो योजना ५० हजार रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्मको खरीद गर्न सकिन्छ।

राष्ट्रिय बीमा संस्थान

राष्ट्रिय बीमा संस्थानले बालबालिकाको लागि वात्सल्य बीमा योजना, बालबच्चाको शिक्षा तथा बिवाह सावधिक जीवन बीमा र बाल उमंग रहेको छ।

गुराँस लाइफ इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १५ वर्षसम्मका बालबालिको लागि बाल सुरक्षा सावधिक जीवन बीमा योजना ल्याएको छ। यो योजना ५० हजार रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँसम्मको खरीद गर्न सकिन्छ। यो योजना अधिकतम ३० वर्षमा परिपक्व हुन्छ।

आइएमर्इ लाइफ इन्स्योरेन्स कम्पनी

आइएमर्इ लाइफ इन्स्योरन्सको बाल उमंग र आइएमर्इ बाल उज्जल योजना रहेको छ। यो योजना अधिकतम १५ वर्षसम्मका बालबालिकाको लागि खरीद गर्न सकिन्छ। यो योजना न्यूनतम ५० हजार रुपैयाँदेखिको किन्न पाइन्छ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ज्योति लाइफ चाइल्ड इन्डाउमेन्ट योजना रहेको छ। यो योजना १५ वर्ष उमेर समूहका बालबालिकाले खरीद गर्न सक्छन्। यो योजना एक लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको रहेको छ।

सन लाइफ इन्स्योरेन्स

सन लाइफ इन्स्योरेन्स कम्पनीको बाल समृद्ध जीवन बीमा रहेको छ। यो योजना अधिकतम १५ वर्ष उमेर समूहका बालबालिकाले खरीद गर्न सक्छन्। यो योजनाको अवधि १० देखि १५ वर्षसम्मको रहेको छ। न्यूनतम ५० हजार रुपैयाँदेखिको बिमांक रकम बराबरको बीमा गर्न सकिन्छ।

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सको मेरो मुटु बाल जीवन बीमा योजना रहेको छ। न्यूनतम प्रवेश उमेर एक महिना र अधिकतम प्रवेश उमेर १५ वर्षसम्म रहेको छ। यो योजनाको न्यूनतम बिमांक रकम ५० हजार रुपैयाँबाट सुरु हुन्छ। अधिकतमको लागि अभिभावकको आम्दानीको क्षमतामा निर्भर रहन्छ।

रिलायबल लाइफ इन्स्योरेन्स

रिलायबल लाइफ इन्स्योरेन्सको रिलायबल हाइयर एजुकेसन लाइफ इन्स्योरेन्सल योजना रहेको छ। अधिकतम १५ वर्ष उमेर समूहका बालबालिकाले यो पोलिसी खरीद गर्न सक्छन्। न्यूनतम बीमांक रकम ५० हजार रुपैयाँदेखि रहेको छ।

सिटिजन लाइफ इन्स्योरेन्स

कम्पनीको बाल भविस्य जीवन बीमा योजना रहेको छ। यो योजना न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्मको बीमा गर्न सकिन्छ। अधिकतम १५ वर्ष उमेर समूहका बालबालिकाको लागि यो पोलिसी खरीद गर्न सकिन्छ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीको सानिमा बाल सौगात जीवन बीमा योजना रहेको छ। यो योजना ३ महिनादेखि ११ वर्षसम्मका बालबालिकाले खरीद गर्न सकिने छ। न्यूनतम ५० हजार रुपैयाँदेखिको बीमांक बराबरको बीमा गर्न सकिनेछ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको जीवन किरण बीमा योजना रहेको छ। अधिकतम १५ वर्षसम्मका बालबालिकाको लागि यो योजना खरीद गर्न सकिनेछ। न्यूनतम बीमांक रकम ५० हजार रुपैयाँदेखि अधिकतम ७५ लाख रुपैयाँसम्मको रहेको छ।

कसरी गर्ने बालबालिकाको बीमा

बालबालिकाको बीमा गर्दा अभिभावकले बीमा अभिकर्ता मार्फत बीमा गराउन सक्छन्। यसका साथै पछिल्लो समय बैंकमार्फत पनि बीमा गर्न सकिन्छ। आफूले तिर्न सक्ने बीमांक रकम बराबरको बीमा गर्न सक्छन्।

बीमांक रकम र तोकिएको वर्षका आधारमा बीमा शुल्क फरकफरक पर्छ। यस्तो बीमाशुल्क अभिभावकले मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरुपमा बुझाउन सक्छन्। बीमित आफैले बीमा कम्पनीका कार्यालयमा गएर पनि बीमा गर्न सक्छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.