काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनमा दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्टीटर मार्फत प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् ।
‘पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको खवरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खवरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
— KP Sharma Oli (@PM_Nepal) December 18, 2018
