Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

विप्लवको गाउँमा प्रहरीमाथि ढुंगामुडा, सर्च अपरेसनमा दुई प्रहरी घाइते

User Photo
बिहिबार, फाल्गुन २३, २०७५

तौलिहवा । कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढीमा प्रहरी र स्थानीयबीच तनाव सिर्जना भएको छ। नेत्र विक्रम चन्द ‘विप्लव’ को घर समेत रहेको शिवगढीमा प्रहरीले सर्च अपरेसन गरेपछि स्थानीय र प्रहरीबीच तनाव सिर्जना भएको हो।

प्रहरीको विशेष टोलीले बिहीबार बिहान यादव चन्दको घरमा शर्च अपरेसन गरेको थियो। यादव चन्द विप्लवका भतिजा हुन्। सर्च अपरेसनपछि चन्दको घरमा केही हतियार भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले सर्च अपरेशन गर्दै गर्दा स्थानीयबासी प्रतिकारमा उत्रिदा दुईजना प्रहरी सामान्य घाइते भएका छन्। स्थानीयबासीले प्रहरीलाई ढुङ्गा प्रहार गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए।

विशेष सुराकीको आधारमा प्रहरीले चन्दको घरमा अपरेशन गरेको हो। प्रहरीले आफ्नो काम शान्तिपूर्वक रुपमा गरिरहँदा एक्‍कासीले विद्यार्थी र स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेको प्रहरी निरीक्षक उपाध्यायले बताए।

एकोहोरो ढुङ्गा प्रहार भैरहँदा प्रहरीले निकै संवेदनशीलता अपनाएका कारण ठूलो घटना हुनबाट बचेको उनको दाबी छ। ‘घटनास्थलमा विद्यार्थीको बाक्लो उपस्थिति थियो, उनले भने, ‘हामीले प्रतिकार गर्दा विद्यार्थीको मानसिकतामा असर पर्ला भनेर संवेदनशीलता अपनायौं।जसले गर्दा ठूलो दुर्घटना हुन पाएन।’ शिवगढी दाङ जिल्लासँग जोडिएको स्थान हो।यहाँ विप्लवका परिवारको बसोबास रहँदै आएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.