सर्वसाधारणले प्याज खान छाडे

अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् ।

भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले प्रतिबन्ध छ ।

नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको छ । नेपालमा प्याजको अभाव र भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि अहिले नेपाली बजारमा प्याजको मूल्य सधैँको भन्दा बढी छ । हाल नेपालगञ्जको रानीतलाउ तरकारी बजारमा प्याजको भाउ खुद्रा प्रतिकिलो रु २०० मा कारोवार भइरहेको छ ।

तीन महिनाअघि प्रतिकिलोको रु ४० देखि रु ५० मा कारोवार भएको प्याज तीन महिनाको अवधिमा किलोमा रु १५० पुगेको छ । तरकारी बजारभन्दा बाहिरका खुद्रा पसलमा रु २५० सम्म प्रतिकिलोको कारोवार भइरहेको उपभोक्ता बताउँछन् ।

नेपालगञ्ज–१० का शुद्धप्रसाद चौधरीले प्याजको मूल्य अप्रत्यासित रुपले बढेपछि अहिले प्याज नै खान छाडेको बताए । केही दिनअघि आधा किलो प्याजको रु १७० तिरेको बताउँदै प्याजको मूल्य बढेको देखेर अचम्मित भएको चौधरीले बताए । पछिल्लो समय अरू तरकारीको मूल्यमा धेरै घटबढ भएको छैन ।

तर, प्याजमा भने एक महिनाको अवधिमा प्रतिकेजी रु २०० सम्म मूल्य पुगेको छ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको सोझो असर नेपाली बजारमा परेको नेपालगञ्जको रानीतलाउ तरकारी बजारका व्यापारी अरिसली राईले बताए। उनले भने, “अहिले मात्रै होइन २÷३ महिनाअघिदेखि नै प्याजको मूल्य बढ्दै आएको हो ।”

प्याजको मूल्य वृद्धि भएसँगै अहिले पहिलेको तुलनामा प्याजको व्यापार घटेको व्यापारी बताउँछन् । भारतबाट आउने प्याजमा प्रतिबन्ध लगाइएको भए पनि चोरी बाटो भएर प्याज भित्रने गरेको व्यापारीको भनाइ छ । मूल्य आकाशिएपछि उपभोक्ताहरुले प्याज खान छाडेसँगै तरकारीमा अत्यधिक खपत हुने प्याजको खपतमा ह्रास आएको छ ।

नेपाली बजारमा अहिलेको प्याजको मूल्य चार वर्षयताको सबैभन्दा महङ्गो मूल्य हो । नेपालगञ्ज–११ का मकसुद राई प्याजको मूल्य मासुभन्दा महङ्गो भएको बताउनुहुन्छ । “मासु प्रतिकेजी रु ८०० छ, तर प्याज एक नम्बर (पाँच किलो)को रु ९०० पुग्यो, अब त खानै छाड्नुपर्ला जस्तो छ”, उनले भने ।

एक महिनाअघि प्रति पाँच केजी रु ४५० मा खरीद गरेको बताउँदै एक महिनामा दोब्बरले वृद्धि भएको राईको भनाइ छ । नेपालगञ्ज–१० की गृहिणी सुलोचना अधिकारीले प्याजको मूल्य किलोको रु २०० पुगेको कहिल्यै थाहा नपाएको बताउँदै यसरी मूल्य बढ्नुले उपभोक्ता मारमा परेको बताए।

प्याजको मूल्यमा वृद्धिसँगै अहिले केही पसलमा प्याज नै पाउन छाडेको छ । भान्सामा दाल, तरकारी, अचार, मासलगायत सबै चिजमा मसलाको रुपमा प्रयोग हुने प्याजको मूल्य बढेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् । यस क्षेत्रको ठूलो हिस्सा माग धान्दै आएको भारतीय प्याज नेपाल प्रवेशमा रोक लगाइएपछि प्याजको अभाव देखिएको हो ।

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View all articles by
आइत, पुस १३, २०७६ (December 29, 2019, 7:10 am) मा द्वारा फिचर स्टाेरी अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिकृया दिनुहोस

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

धेरै कमेन्ट गरिएका

  1. २१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियन : 2 प्रतिक्रिया
  2. पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्यारा : 2 प्रतिक्रिया
  3. जन्मदिनको अवसरमा पत्रकार शाहि द्वारा सहारा घरमा बसिरहेकालाई लुगा वितरण : 1 प्रतिक्रिया
  4. ब्याटिङ कमजोर हुदा नेपालकाे लगातार दोस्रो हार : 1 प्रतिक्रिया
  5. कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द : 1 प्रतिक्रिया

ट्रेन्डिङ

  1. संकटमा पनि सेवा गर्नु निजि अस्पतालको दायित्व- लिला बिष्ट (संचालक लालरत्न अस्पताल)
    1. अन्तराष्ट्रीय मोहन्याल युवा समाज द्वारा मोहन्याल गाउपालिकामा १,७०० थान माक्स बितरण
      1. बेल्जियमबाट आएकी बागलुङकी एक युवतीमा कोरोना संक्रमण पुष्टि
        1. नेपालमा काेराेना संक्रमित संख्या ४ पुग्याे, धनगढीमा एक जना संक्रमित भएकाे पुष्टी
          1. नेपालमा भेटिए छैटौं कोरोना संक्रमित

          भिडियाे

          थप

          ‘पोई पर्यो काले’ अब युटुबमा, दर्शक खुशी

          सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाकाे स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ (अडियाे)

          ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक

          ‘सेल्फी किङ्ग’को ‘जिन्दगीको के छ र भर’ रिलिज

          सय यात्रु बोकेको विमान दुर्घटना, १४ जनाकाे मृत्यु