Naya Media
बिहिबार, माघ १, २०८२
| | January 15, 2026
बिहिबार, माघ १, २०८२

मेची पुलमाथिबाट सवारी चल्न दिनुपर्ने माग

User Photo
बिहिबार, अशोज १८, २०७५

मेची पुलमाथिबाट साना सवारी सञ्चालन गर्न दिनुपर्ने माग गरिएको छ ।

नेपाल–भारत मैत्री सङ्घ झापाले निर्माण सम्पन्न भएको भद्रपुरको मेची पुलमाथिबाट साना सवारी चल्न दिनुपर्ने माग गरेको हो ।

मैत्री सङ्घका अध्यक्ष प्रदीपमणि रेग्मी र प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीसहित गएको टोलीले प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग सो माग गरेको हो ।

टोलीमा पूर्वसांसद पुष्पराज पोखरेल, मैत्री सङ्घका सल्लाहकार चिन्तामणि दाहाल, नेपाली काङ्ग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, भद्रपुर–८ का वडाध्यक्ष गौरव सुब्बा तथा सङ्घका सदस्य प्रदीप सरावगी हुनुहुन्थ्यो ।

प्रमुख जिल्ला अधिकारी दाहालले यसबारेमा हुलाकी राजमार्ग परियोजनाका डिई, प्रहरीलगायतसँग बसेर निर्णय गर्ने जवाफ दिनुभयो ।

टोलीले चारआली–केचना मार्गको निर्माण सुस्त गतिमा भइरहेको काम छिटो गराउन पहल गर्नुपर्ने, झापा चोकदेखि राजगढसम्मको हुलाकी राजमार्गको काम छिटो सिध्याउन पहल गर्नुपर्ने, चन्द्रगढीमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति भवनको काम र रोकिएको मेची अञ्चल अस्पतालको नयाँ भवनको निर्माण अघि बढाउन पहल गर्नुपर्ने आग्रह गरेको थियो ।

चन्द्रगढी विमानस्थलको जग्गा मुआब्जा विवादलाई विवेकसम्मत ढङ्गले मिलाउनुपर्ने तथा मेची पुलसँग हुलाकी राजमार्गको कनेक्टिभिटीमा पर्ने जग्गावालको क्षतिपूर्तिमा विवेक पु¥याउनुपर्ने माग पनि प्रजिअसमक्ष राखिएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.