Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

काठमाडौंमा मोनाेरेल : १ खर्ब १६ अर्ब लागतमा ३ वर्षभित्र निर्माण गरिने

User Photo
बिहिबार, भदौ २८, २०७५

 काठमाडौं उपत्यकामा माेनाेरेल सञ्चालन गर्नेबारे काठमाडौं/ललितपुर महानगरपालिका र चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) का महाप्रबन्धकबीच हस्ताक्षर भएको छ। प्रारम्भिक सम्भाव्यता प्रतिवेदनमा मेयरद्वय विद्यासुन्दर शाक्य, चिरिबाबु महर्जन र सिआरसिसीका महाप्रबन्धक झाउ सिआओबीच आज हस्ताक्षर भएको हो।

१ खर्ब १६ अर्ब लागत अनुमान गरिएको मोनोरेलका लागि आवश्यक संरचना ३ वर्षमा निर्माण गरिने सम्झौता भएको छ।

चीनकाे कम्पनीले बनाएर केही समय चलाएर हस्तान्तरण गर्ने सहमति भएको छ। तीन चरणमा निर्माण गर्नेगरी सम्झौता भएको मेयर महर्जनले जानकारी दिए।

६ महिनामा डिपिअार बन्ने, त्यसकाे ६ महिनापछि काम सुरु गर्ने र त्यसपछिकाे ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

१७ वटा स्टेसन रहने मोनोरेल प्रतिघन्टा १०० किलाेमिटर गतिमा गुड्नेछ। जुन एक पटकमा ३ हजार यात्रु बाेक्ने क्षमताको रहनेछ।

प्राविधिक, भाैगाेलिक, वातावरणीय र अार्थिक रुपमा सम्भाव्यताका लागि तीन खण्ड छुट्याइएको छ। जसमा काेटेश्वर-कलंकी, कलंकी-महाराजगन्ज र महाराजगन्ज-काेटेश्वर रहेका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.