Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

सफाइमा काठमाडौं महानगरको सक्रियता

User Photo
सोमवार, अशोज १, २०७५

काठमाडौं महानगरपालिकाले सफा सहर राख्न पाँच ठूला यन्त्र (जेट मेसिन)  सञ्चालनमा ल्याएको छ । यन्त्रको पहिलोपटक प्रयोग गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले फोहर व्यवस्थापनप्रति जिम्मेवारीबोध गर्ने हो भने थोरै उपकरणले पनि सहरलाई दिगो रूपमा सफा राख्न सकिने बताए ।

महानगरका उपप्रमुख हरिप्रभा खड्गीले नागरिकले महसुस गर्ने गरी सफा सहर बनाउन हतार भइसकेकाले काम गर्ने शैलीमा पनि केही परिवर्तन गर्नुपर्ने धारणा राखिन् । युरो मापदण्ड ४ बमोजिमका जेट मेसिन पाँच हजार लिटर क्षमताका छन् । त्यसमा ४ हजार लिटर सफा पानी र एक हजार लिटर ढलको फोहर पानी अट्ने छुट्टाछुट्टै ट्यांकी छन् । ढल तानेर सानो ट्यांकीमा राखिन्छ भने ठूलो ट्यांकीमा भएको सफा पानीबाट फोहर भएको ठाउँमा सफाइ गरिन्छ । सो जेट प्रयोगमा आइसकेपछि थुनिएको ढल खोल्दा एउटा जेट फोहर तान्न र अर्को जेट सफा गर्न जानुपर्नेछैन ।

जेटमा भएको स्प्रेगनले बिरुवामा भएको धुलो पखाल्न तथा सडकआसपास क्षेत्रमा सफा गर्न सकिन्छ । वडाध्यक्षको अगुवाइमा वडा क्षेत्रमा र केन्द्रको अगुवाइमा उक्त यन्त्रबाट पहिलोपटक रत्नपार्क, रानीपोखरी, बागबजार, पुतलीसडक, भृकुटीमण्डपमा सफाइ गरिएको छ । अघिल्लो साल वैशाखमा स्थानीय तहको निर्वाचनका समयमा जनप्रतिनिधिको पहिलो प्रतिबद्धतामध्ये सुन्दर र सफा सहर पनि थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.