Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

खानी तथा बालुवा व्यवस्थापन सम्बन्धी छलफलमा गाउँपालिका प्रमुख नै आएनन् ।

User Photo
सोमवार, अशोज १, २०७५

नदी र खानीजन्य दिगो व्यवस्थापन समस्या र समाधानको खोजी विषयक छलफल कार्यक्रममा बालुवा खानी उत्खनन् गर्ने र निकासी गर्ने गाउँपालिका प्रमुखहरु नै अनुपस्थित भएका छन् ।

जिल्ला समन्वय समितिको आयोजनामा जिल्लामा रहेका नदी र खानीजन्य पदार्थहरुको दिगो व्यवस्थापन, समस्या र समाधानको खोजी विषयका सार्वजनिक नीति सम्बाद कार्यक्रममा बेनिघाट रोराङ, गजुरी र गल्छी गाउँपालिका प्रमुखहरु नै अनुपस्थित भएका हुन् ।

धेरै बालुवा निकासी गरिरहेका तीनओटा गाउँपालिकाहरुले जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सहभागिता नजनाएपछि अन्य गाउँपालिका, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले समेत खानी उत्खनन् गर्ने र निकासी गर्ने मुख्य गाउँपालिकाहरु नै अनुपस्थित हुनुलाई सकारात्मक रुपमा लिन नसकिने बताएका छन् ।

जिल्लामा नदी तथा खानीजन्य पदार्थहरुमा स्थानीय सरकारले लगाएको करलाई एकरुपता कायम गर्न जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिमा जिल्लाका सबै गाउँपालिका प्रमुख र उपप्रमुख, जिल्ला प्रशासन कार्यालय, सम्बन्धित व्यवसायी प्रतिनिधि रहेको सर्वपक्षिय समितिले स्थानीय सरकारहरुले लगाउने करहरु पालिका अनुसार फरक फरक भएकोले व्यवस्थापन गर्न सहज बनाउन संयुक्त सर्वपक्षिय समिति गठन गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी विनोद अर्यालले बताउनुभयो ।

बालुवा तथा नदीजन्य पर्दाथको उत्खनन् तथा निकासी गर्दा पर्यावरणको संरक्षण, त्रिशुलीलगायत यसको जलाधार क्षेत्रको संरक्षण र पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने गरी उत्खनन् गरेर विकासको काम गर्ने गाउँपालिका प्रमुखहरुले बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.