Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

अझै स्टेचरमै बिरामी बोक्नुपर्ने बाध्यता, दिउँसै बन्द हुन्छन् स्वास्थ्य चौकी

User Photo
शुक्रबार, अशोज १२, २०७५

हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस बिरामी पर्दा स्टेचरको विकल्प हटेको छैन ।

भौगोलिक रुपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा नसक्नुका साथै बिरामीलाई स्टेचरमै बोकेर स्वास्थ्य संस्थामा पु¥याउने र ल्याउने गर्दै आएका छन् ।

ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मी कार्यालय समयसम्म नबस्ने समस्या नौलो होइन, १ देखि ४ घण्टा पैदल हिँडेर स्वास्थ्य संस्था पुग्दासमेत यहाँका बासिन्दालाई उपचार पाउन कठिन भएको छ ।

पातारासी गाउँपालिका तल्लो लोर्प गाउँका कर्ण बोहोराकी छोरी अघिल्लो महिना बिरामी परिन् पहिरोले सडक अवरुद्ध हुँदा एम्बुलेन्स सञ्चालन नभएपछि स्टेचर मै स्वास्थ्य चौकी उर्थु चौतारामा पु¥याउन बाध्य हुनुभयो । दुई दिनको उपचारपछि स्टेचरमै हिलाम्मे बाटो छिचोल्दै पुनः घर ल्याउनु परेको थियो । स्थानीय तहले करोडाैँको लागतमा डोजर लगाएर सडक खने पनि स्टेचरको विकल्प नहटेको यहाँका बासिन्दाको गुनासो छ ।

लाखौँ खर्च गरेर ल्याएको एम्बुलेन्सले यहाँका बासिन्दाकोे समस्या टार्न नसकेको गुनासो गर्दै स्थानीयवासी पूर्णबहादुर बुढाले भन्नुभयो, कोही बिरामी पर्दा गाउँका युवा गुहार्नु पर्छ तर अधिकांश युवा कामका लागि विदेश र पढ्नका लागि जिल्ला बाहिर गएका कारण गाउँमा उनीहरूको उपस्थिति पातलो छ । उक्त गाउँपालिकालाई भारतीय दूतावासले उपलब्ध गराएको एम्बुलेन्स अहिले प्रयोगविहीन अवस्थामा छ । बिरामी मात्रै होइन दैनिक उपभोग्य वस्तु आयात गर्न पनि खच्चर प्रयोग गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ ।

पातारासी गाउँपालिकाले भौतिक पूर्वाधारमा गत आर्थिक वर्षमा करोडौँ रकम खर्च गरिसकेको छ । उर्थुदेखि पेरेसम्मको सडकका लागि छुट्याइएको रु २५ लाख बजेटमा २३ लाख खर्च भइसकेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मी बोहोराका अनुसार वर्षाद्को पहिरोले सडक लथालिङ्ग बनायो, अहिले सवारी साधन बन्द छन् । अब वर्षाद् रोकिँदै गएको छ पहिरो पन्छाएर सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ ।

दिउँसै बन्द हुन्छन् स्वास्थ्य चौकी  

सरकारी कार्यालय १० देखि ५ बजेसम्म खोल्ने अनिवार्य नियम हो, तर जुम्लामा त्यो नियम लागू छैन । दिउँसै स्वास्थ्य संस्था बन्द हुने यहाँको परम्परा जस्तै छ ।

तिला गाउँपालिका–५ मा रहेको सामुदायिक संस्था केन्द्र कहिल्यै पनि कार्यालय समयसम्म नखुल्ने ढिमकोटका गोर्ख शाहीले बताउनुभयो । कार्यालयमा एउटै मात्र कर्मचारी रहेको र ती पनि मन लागे कार्यालयमा आउने अरू बेला नआउने गरेको शाहीको भनाइ थियो ।

सदरमुकाममा रहेका स्वास्थ्य संस्थाको पनि हालत उस्तै छ । चन्दननाथ नगरपालिका–८ मा रहेको तलिउम स्वास्थ्य चौकी पनि १ बजेपछि दैनिक बन्द हुने गरेको स्थानीय सम्राट परियारले बताउनुभयो । उहाँले भन्नुभयो, उपचारका लागि स्वास्थ्यकर्मी नै भेटिँदैनन, भेटिहालेमा कहिले औषधि अभाव, अहिले सम्बन्धित मान्छे हुनुहुन्न भन्ने गरेको उहाँको भनाइ थियो ।

छिटै स्वास्थ्य चौकी बन्द हुने गरेपछि आम नागरिक पनि २ बजेपछि स्वास्थ्य संस्थामा उपचारका लागि नआउने गरेको नागरिक अगुवा शोभाकर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, राज्यले अनिवार्य ५ बजेसम्म कार्यालय वा स्वास्थ्य संस्था खोल्ने निर्देशन त गरेको छ तर उक्त निर्देशनलाई लत्याउदै २ नबज्दै स्वास्थ्य चौकीका ढोका बन्द गर्ने गर्दछन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.