Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

बलात्कारी लाई फाँसी को सजाय हुनु पर्छ

User Photo
सोमवार, साउन २१, २०७५

सीता अधिकारी ,कैलाली

पितृसत्तात्मक अभ्यास गरिएका देशहरू को मुल समस्यानै होकि नारी जाति लाई जसरी हुन्छ दबाउने आफ्नो काबुमा ल्याउने तर नारीहरुले पुरुषहरुका विरुद्ध बोल्न नहुने संस्कार यो समाजले बसाएको छ । नारीहरु प्रतिको चीन्तनका कारण पनि अहीले समाज रुपान्तरण भए जस्तो त लाग्छ तर यो समाजमा बासोबास गर्ने मानिहरुको सोचमा भने परिबर्तन नभएको पाइएको छ ।जसकारण आज भोली दीन दाहडै नारीहरुमाथि हिंसा भइरहेको घटनाहरु सार्वजानिक भइरहेका छन । कहीले महिलामाथी कुटपिटका घटना हुन्छन त कहीले महिलाहरु बलात्कृत भएका घटना आइरहेका छन ।
पछीला दिनहरुमा हेर्नेहो भने दिन प्रती दिन नारी माथी यौनजन्य घटना ले बिकराल रुप लिईरहेको देखिन्छ ।
यहाँ पाठशाला मा गएका नानिहरु लाई अक्षर चिनाउनु को सट्टा उल्टै शरीर सुम्सुमाउने शिक्षक रुपि दानव छन् ।जसबाट असुरक्षित हुनु पर्ने ।घरमा आफ्नै बुवाले छोरी चिन्दै दाइले बहिनी को रक्षा गर्दैन दुई बर्ष कि अबोध वालिका देखि लिए ६० बर्ष कि वृद्ध बलात्कार भैरहदा यस्ता नर पिचाशरु लाई बाच्ने कुनै अधिकार दिनु हुदैन ।
यौन संवेदनसिलता कुनै मजाक को विषय हैन यसलाइ बनाइनु नि हुदैन अब कति सम्म यस्ता अपराध हेरेरै बस्ने कहिले सम्म अपराधी को संरक्षण गर्ने कानुन लाई चिहाइरहने बलात्कार जस्ता घिनलाग्दो अपराध लाई कुनै सिमित सजाय ले नियन्त्रण मा लिनै सक्दैन ।
समाज मा मैले यस्ता घटनाहरु मा बढी सहभागीता कोहि नाम चलेका कोहि दाम चलेकाहरु जस्का विरुद्ध मा आवाज उठाउन सक्दैनन् ।कोहि राजनीति संरक्षण बाट उन्मुलन भएको देखिन्छ कसैलाई कोचेको कोचै गर्न्छ सम्मान न्याय पाउन को लागि भए पनि कानु परिमार्जन गरिनुपर्छ
अपराध र अपराध गर्ने हरुलाइ झुकेर पनि यस्ता कार्य गरियो भने मलाई कुनै हालत मा नि कसैले बचाउन सक्दिनन र यस्ता अपराधजन्य कार्यमा लाग्नका लागि हतोत्साहित गर्नेका लागि कानुनी रुपमा कडा भन्दा कडा सजायको ब्यवस्था गर्न सकियो भने स्तह यस्ता घटना कम भएर जान्छ भन्ने आश्य का साथ बलात्कारि र बलात्कार जन्य कार्यमा संलग्न हुने जुनसुकै लाई फाँसी को सजाय हुनैपर्छ ।बलात्कार जन्य घटना बढी घन्नु को कारण कानुन कडा नभएकै कारण ले हो कानुनी रूपमा नै कडाइ का साथ फाँसी को सजाय जरुरी छ।
बलात्कारि लाई फाँसी नै किन
अपराधी आफ्नु मृत्यु हुने डरले कसैले बलात्कार गर्ने हिक्मत राख्दैन ।महिला माथी हुने यौनजन्य घटना मा कमि आउनेछ महिला हरु हरेक समयमा पुरुष सरह खुल्म खुल्ला निर्धक भएर आफ्नो काममा जति बेला नि निस्किन सक्नेछन्
बलात्कार जस्ता जघन्य अपराध केवल बाटो बनजङ्गल मा मात्रै नभएर कार्यलय , शहरका होटेल अनेक ठाउँमा हुने गर्छन् नारी कुनै समय कुनै ठाउँ मा सुरक्षीत भएको देखिन्न फाँसी को कानुन ले सबै क्षेत्र मा जुन बेला नि नारी यौन हिंसा रहित को बाताबरण पाउन मद्दत गर्नेछ ।अब बलात्कारि लाई फाँसी को सजाय हुनैपर्छ ।
मेरो देश नेपाल मा महिला माथी यौनजन्य हिंसा ले दिन दिनै बिकराल रुप लिदै गरेको छ कोहि महिला घर बाहिर निस्कियो कि असुरक्षित छन् सरोकार वाला ले खासै ध्यान नदिएजस्त्यो देखिन्छ ।पहिलो कुरा त महिला माथी यौनजन्य हिंसा हुनु कसैको ज्यान समेत लिनु यो त एउटा ठुलै अपराध हो ।
दैनिकी रुम मा घट्ने यस्ता घटना लाई हामी कति साक्षी मात्र बन्न सक्तैनौ आफ्नै समाज बारम्बार बिक्रती र बदनाम भएको नि हेर्न सकिन्न अब महिला माथी भैरहने यौनजन्य हिंसा अ्मानविय घटना को न्यूनीकरण र क्रमिक रूपमा यस्को अन्त्य गर्न कडा कानुन को खाचो त भैनै हाल्छ संग सगै नैतिक शिक्षा दिनुपर्छ आफ्नु आचारण परिवर्तन गर्नु जरुरी छ बिधालय कलेज मा नैतिक र अध्यामिक शिक्षा अनिवार्य बनाइनु पर्छ सामाजिक चेतना को बिकास गर्न सबै लाग्नु पर्छ ।
अभिभावक ले नि आफ्नो आचरण मा परिबर्तन ल्याउन जरुरी देखिन्छ । कति पय माहिला आफ्नै अभिभावक बाट पीडित भएका छन् यौनजन्य बलात्कार का घटना रोक्न सरकार ले लाइन्सन सहित रेड लाइट एरिय घोषण गर्नु पर्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.