सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बर्खास्तीमा परेका छन् । पार्टीको निर्देशन नमानेको, पदीय मर्यादा कायम नराखेको लगायतका आरोपमा तत्कालिन एमालेको तर्फबाट मन्त्रीबाट बनेका मन्त्री दीर्घबहादुर सोडारी बर्खास्तीमा परेका हुन् ।
नेकपाका सुदुरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलको सिफारिसमा मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदबाट हटाएको बताइएको छ । यसबारे नेकपा सुदुरपश्चिम प्रदेशले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ।
