Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 13, 2026
बुधबार, पुस ३०, २०८२

लम्की साँगितिक महोत्सव २०७५ को तयारी पूरा

User Photo
बुधबार, मंसिर १२, २०७५

रमेश बजगाइ , मंसिर १२
“स्वाथ्य, शिक्षा, सुचना विकासको अभियान, कृषि, सँस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ यहि मंसिर १३ गते देखि सुरु हुने लम्की साँगितिक महोत्सव २०७५ को तयारी पूरा भएको छ ।
सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्जको आयोजनामा हुने लम्की साँगितिक महोत्सवको सबै तयारी पूरा भएको रेडियोका प्रबन्ध निर्देशक युवराज न्यौपानेले जानकारी दिनु भएको छ ।
मंच ब्यबस्थापन , स्टल बुकिङ ,कलाकार संगको सम्झौता सबै काम सकियको सांगितिक महोत्सव मुल आयोजक समितिका संयोजक बुद्धि प्रसाल खनालले बताउनु भएको छ ।
महोत्सव अवलोकन गर्न ५० रुपैया टिकट लाग्ने छ ।विद्यार्थी ,जेष्ठ नागरिक र अपांग लाई प्रति टिकट मा १० रुपैया छुट दिई ४० रुपैया तोकिएको छ ।

यस क्षेत्रको पर्यटन विकासका साथै शिक्षा सुचनाको अभिबृद्धिका लागि आयोजना गरीएको महोत्सवमा करीब ३ लाख देखी ४ लाख जनताले अवलोकन गर्ने समेत अनुमान गरेको बताउनु भयो ।

सामुदायिक रेडियो पश्चिम आवाजको स्तर उन्नतीका साथै यस क्षेत्रको सामाजिक विकासको लागि समबन्धीत निकायको ध्यानाकर्षण गराउनको लागि आयोजना गरीएको महोत्सव बाट प्राप्त रकम समेत सामाजिक काममा प्रयोग गरीने लम्की सांगितिक महोत्सव सचिवालयका निर्देशक दिपक तिमिल्सैनाले बताउनु भयो ।

लम्की सांगितिक महोत्सवका व्यवस्थापक लव बहादुर शाहीले महोत्सवलाइ भब्य स्पमा सफल पार्नकालागी रमाइलो मेला थारु हरुका परिकार राष्ट्रिीय तथा स्थानिय कलाकार हरुको प्रस्तुति रहने छ ।
यसपटकको महोत्सवमा राउटे जाती लाइ सहभागिता गराउनुकासाथै कृर्षि प्रदर्शनी महोत्सवका मुख्य आकर्षण रहने बताउनु भयो ।
महोत्सवमा चर्चित उद्घोषिका रुपा घर्ती मगर, उमा देवि खनाल, गायकहरु प्रकाश सपुत ,गायक तथा मोडल दुर्गेश थापा,भुवन भट्टराई, गोपाल नेपाल जि एम, चक्र बम, देउडा गायक लाल बहादुर धामी, नबिन पौडेल, रमेश राज भट्टराई, डम्मर बिक, सुनिल नार्गजी, गायिकाहरु शान्ती श्री परियार, मेलिना राई, टीका प्रसाई, पुर्ण कला बिसि, रेखा जोशी, रिता के.सी., हाउडे माया सिर्जना खत्री, हिमानी ढुङ्गेल, हाँस्य ब्यङ्गय कलाकार दिपेन्द्र ओली, पाडे, जिक्री लगायतका स्थानिय तथा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.