Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

७ नं. प्रदेशबाट नेविसंघको सह-महामन्त्रीमा युवा नेता हृदयराज उपाध्यायकाे उम्मेद्वारी घाेषणा

User Photo
बुधबार, मंसिर २६, २०७५

रमित पाण्डे, कैलाली । नेविसंघको अागामी १२ औं महाधिवेशनमा युवा नेता हृदयराज उपाध्याय ७ नं. प्रदेशबाट सह-महामन्त्री पदमा लड्ने भएका छन् ।

नेविसंघ, केन्द्रीय समितिले अाउदाे पुष २८ देखि १२ औं महाधिवेशन र निर्वाचन कार्यतालिका सार्वजनिक गरे भन्दा अगाडि देखि नै उपाध्याय पदाधिकारी चुनाव लडने मनस्थितिमा थिए ।

तत्पश्चात पछिल्लो कार्यतालिका प्रस्तुत भएपछि उपाध्याय आफूलाई प्रदेश सहमहामन्त्री पदका लागि दाबी गर्दै आएका छन। प्रजातान्त्रिक व्यवस्थाअनुसार नेविसंघको महाधिवेशन हुने भएकाले प्रतिनिधि छनाेट भइसकेपछि अाधाकारिक रुपमा सबै जिल्ला भम्रण गर्ने निर्वाचनमा आफू सहमहामन्त्री पदमा प्रत्यासी बन्ने बताउनु भएको छ ।

वैचारिक शक्ति नेविसंघकाे अागामी महाधिवेशनमा निर्वाचित भए मात्र काँग्रेस बलियो हुने उहाँको धारणा छ । तत्कालीन अवस्थामा गुमेको पाटीकाे साख जाेगाउन पनि फ्रेस वैचारिक युवा शक्ति नेविसंघको महाधिवेशन उत्रण आवश्यक रहेको उहाँले सामाजिक सञ्जाल मार्फत धारणा राख्नुभएको छ।

अहिलेकाे असहज परिस्थितिमा महाधिवेशन गरेमात्र नेविसंघ सशक्त रुपमा अगाडि जानसक्ने बताएका छन । ‘नेविसंघको आसन्न महाधिवेशन तोकेकै समयमा हुन नसक्ने अवस्था भए पनि ढिलो चाडाे छ महिना भित्र नेविसंघ महाधिवेशन हुन सक्ने उहाँको ठहर छ।

उहाँले नेविसंघलाई शसक्त र प्रगतिशील संगठनमा उभ्याउन पनि अाफु सह-महामन्त्री पदका लागि तयार रहेको बताउनु भएको छ। उहाँले लम्कि स्थित पत्रकार संग कुरा गर्दै भन्नु भयाे, यस भन्दा अगाडिका अधिवेशनहरुमा गुट, उपगुट र नेताहरूले भागबन्डा मिलाएर नेविसंघको पदाधिकारी तथा सदस्यहरुको नेविसंघ बन्ने गरेको इतिहास छ।तर, अबको महाधिवेशनबाट यस्तो कार्यलाई समाप्त पार्नका लागि अाम विद्यार्थी साथीहरू जुटेको जानकारी समेत दिनु भएको छ ।

संगठनलाई चुस्तदुरुस्त बनाउनका लागि र अागामि पाटिका चुनाव र पाटी महाधिवेशन लाई समेत याे नेविसंघकाे महाधिवेशनले सहयोग पुग्ने उहाँको विश्वास छ । यसअघि कात्तिक १६ देखि १८ गतेसम्म महाधिवेशनको समय तोकेपनि विधान र उमेरहद विवादका कारण नेविसंघको महाधिवेशन हुन सकेको थिएन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.