Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

कैलालीमा नेविसंघकाे गुटगत विवाद चुलिदै, पार्टीकाे निर्णय नमान्ने असन्तुष्ट पक्षकाे घोषणा

User Photo
बिहिबार, पुस ५, २०७५

रमित पाण्डे, कैलाली । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ कैलाली जिल्ला समितिको लामो समयदेखिको विवाद फेरी बल्झिने भएको छ ।

अहिले नेविसंघ महाधिवेशनको पुर्व सन्ध्यामा छ। नेपाल विद्यार्थी संघको बिधानले कैलाली जिल्ला रिक्त रहेको स्पष्ट हुदाहुदै पनि कैलाली जिल्ला सभापति मनु शाहले अधिकारिक जिल्ला अध्यक्ष भेष बम नै भएको बताउदै तत्कालै सबै नगर गाउँपालिकामा प्रतिनिधि पठाएर ठाडो आदेश दिएका थिए तर दुई दिन नबित्दै उक्त समिति इतर समुहले प्रत्रकार सम्मेलन मार्फत यस्तो अबैधानिक कार्यसमितिले गरेको निर्णय नमान्ने घोषणा गरेपछि विवाद झन बढ्ने भएको हो ।

नेविसंघ कैलाली जिल्ला सभापतिको विवादमा कांग्रेसको जिल्ला कमिटी, क्षेत्रीय समिति र नगर समितिहरुले पटक पटक आगोमा घिउ खन्याएझैं फरक फरक नेविसंघ नेताहरूलाई हातमा लिएर विवादमा झन विवाद थप्दै गएकाछन।

पछिल्लो पटक संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर आफै पुगेर गुटको भेला गरि काठमाडौ फर्केका समाचार समेत बाहिर आएकाे थियाे। यस कुराले झन संगठनको विवादमा घिउ थपेको नेविसंघ नेता हृदय उपाध्याय बताउनु हुन्छ।

उहाँले पत्रकार संग कुरा गर्दै भन्नु भयो, ‘हामीले पार्टी जिल्ला कार्यसमितिले नेविसंघ अधिवेशन गर्ने बाताबरण तयार गरोस् भनी टिकापुरमा पत्रकार सम्मेलन पनि गरयौं तर उक्त पत्रकार सम्मेलन पछि पाटी सभापतिले झन एकलौटी ढंगले भए पनि अधिवेशन गर भनेको खबरले हामीलाई थप कैलाली नेविसंघ प्रति चिन्ता लागेको छ।’

सभापतिबाट यस्तो खालको कुरा आउछ जस्तो हामीलाई लागेको थियन।अब उहाँले नै नेविसंघको बिधान विपरीत कार्यमा जान निर्देशन गर्ने हो भने हामी पनि हातमा दहि जमाएर नबस्ने चेतावनी समेत दिनु भएको छ।

अहिलेसम्म पार्टीका जिल्ला, क्षेत्रीय र नगर तहमा नेविसंघको यो विवाद सीमित थियो । तथापी नेताहरुले भने यो पक्ष र ऊ पक्ष आधिकारिक भन्ने गरेको थिएन ।

यसपाली जिल्ला पाटी सभापतिले नै सार्वजनिक रुपमा बोलिदिएपछि अब यो विवाद पाटी तहमा पुगेको अनुभव गराएको छ । स्व. गिरिजाप्रसाद कोइरालको पालामा पार्टी विभाजित भएर एकीकरण भएको समेत धेरै समय बितिसकेको छ ।

नेविसंघ अध्यक्ष नैनसिंह महरकै शब्दमा संघको एघारौं महाधिवेशन पछि सबै विवादहरु समाप्त भई संघ एकजुट भएको छ भनिन्छ । व्यवहारमा भने संघको तल्लो तहसम्म नै भावनात्मक रुपमा विभाजनकै अवस्था रहेको कुरा नेविसंघको विवाद र त्यसमा वरिष्ठ नेताहरुकै हस्तक्षेपले बुझ्न गाह्रो पर्दैन ।

स्थानीय तहमा अहिलेसम्म सीमित रहेको नेविसंघको विवादलाई पाटीका नेताबाटै एउटा पक्षको मात्र पक्ष लिएपछि कैलाली जिल्लामा यसले तलदेखि माथिसम्म नै विभाजित मनस्थिति विद्यमान रहेको संकेत गर्दछ ।

भनिन्छ जंगलमा डढेलो लाग्न धेरै ठूला आगो चाहिँदैन् । सलाईको एक काँटी, चुरोट, बिँडीको एउटा ठूटो नै काफी हुन्छ । गाउँ टोलमा बालबालिकाको सामान्य झगडाले ठूलो रुप लिँदै परिवारबीच नै दुश्मनी बढाउने कारक बनेको राजनीतिक दलका नेताहरुले नबुझेका होर्इनन् ।

दलभित्र आफ्ना कार्यकर्तालाई काखा र अरुका नजिककालाई पाखा गर्दा नै गुटबन्दी बढ्दै जान्छ र इमान्दार कार्यकर्ता पाखा लाग्दै लाग्दै जान्छन् । नेविसंघको कैलाली जिल्ला समितिको विवाद र पाटी सभापति मनु शाहको काम कार्बा्हिले करिब यस्तै रुप लिने सम्भावना बढेर गएको छ ।

जिल्ला तहको त्यसमा पनि विद्यार्थी संगठनमा विद्यमान विवादको निकासको जिम्मा विद्यार्थी नेतृत्वलाई दिइनुपर्नेमा पार्टी संगठन नै मुछिएपछि विवाद वरिष्ठ नेतासम्म पुगेको छ । नेपाली कांग्रेस र नेविसंघको लागि यस्तो स्थिति दुभाग्र्यपूण हो ।

विद्यार्थी र युवा नेतृत्व विकास उनीहरुबीचका समस्या, विवादका निकास आफै आफै गर्न दिएमात्र हुन सक्दछ । नेताहरुको हस्तक्षेपले पार्टीका भातृ संगठनहरु सबल र सशक्त होइन् नेतामुखी परनिर्भर बनेर जान्छ । तसर्थ नेविसंघ कैलाली जिल्ला नेविसंघ विवादको अन्तिम टुंगो लगाउने जिम्मा तदर्थ समिति बनाइ त्यसलाई दिइनु नै उपयुक्त हुन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.